चैत्र ५ गते हुने स्ववियु चुनावको निम्ति देशभरका क्याम्पसमा फागुन २७ गते उम्मेदवारहरुको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध हुने भएको छ।
काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार क्याम्पसको भर्ना विद्यार्थी सङ्गठनसँग वार्ता गरेर बिबाद हल गरि निर्वाचन प्रक्रिया अगाडी बढाउन क्याम्पस प्रमुखहरुलाई निर्देशन दिइसकिएको छ ।



