आफ्ना नागरिक घुम्न जाने देशहरूको सूचीमा चीन सरकारले नेपाललाई पनि राखेको छ।

कोरोनाका कारण बन्द रहेको चीनले आफ्ना नागरिकलाई बाहिरी मुलुक घुम्न जान खुला गर्नुको साथै आगामी बुधबार (मार्च १५) देखि चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्न सक्ने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ।

पर्यटकीय सिजन सुरू हुँदै गर्दा चीनले दिएको सकारात्मक सन्देशले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा गर्न सकिन्छ ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरै भारत र चीनकै हुन्। कोरोनाअघि चीनबाट हरेक वर्ष एक लाख हाराहारी पर्यटक नेपाल आउँथे भने सन् २०१९ मा एक लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए तर हाल चीनबाट मासिक दुईदेखि तीन हजार जना पर्यटक मात्र नेपाल घुम्न आइरहेका छन्।

कोरोनाले रोकिएको चीन-नेपाल पर्यटक यात्रा खुल्दा ट्रेकिङ व्यवसाय पनि बढ्ने ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ।

तीन वर्षदेखि बन्द कैलाश मानसरोवर यात्रा फेरि खुल्ने अन्तिम तयारी भएकोले पनि आगामी दिनमा पर्यटक बढाउने छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चीनका विभिन्न सहरबाट नेपाललाई सिधा हवाईमार्फत जोड्न पनि पहल भइरहेको छ। मन्त्री सुदन किरातीले गत शुक्रबार नेपालका लागि चीनका राजदूतसँग भेट गरेका थिए।

चीनमा नेपालबारे बुझाउन घुम्ती पर्यटन मार्ट सञ्चालन गर्ने पनि योजना छ जसमा नेपाली वस्तु तथा सामग्रीहरू राखिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय