यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ ।

पार्टीका सभापति रवि लामिछानेले सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिएका हुन।उनले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी सङ्गठनले काम गर्नुपर्ने बताए ।

आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको विषयमा समेत उनले जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय