उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्तिमा ३ मन्त्रालय लिएर आफ्नो पार्टी सरकारमा जाने बताएका छन।

माओवादी केन्द्रले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको भन्दै अब सरकारमा रोज्ने पालो आफुहरुको भएको दावी गरे।

गृहतर्फ संकेत गर्दै रोजेको मन्त्रालय , डेभलपमेन्ट र सर्भिस समेत गरि ३ वटा मन्त्रालय लिएर सरकारमा जाने बताए। यद्यपि नेकपा एकीकृत समाजवादिका अन्य नेताहरुले सरकारमा जाने नजाने वा कुन कुन मन्त्रालय लिने भन्ने बारेमा मुख खोलेका छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय