झापाको सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा कांग्रेस, एमाले र माओवादीको संयुक्त उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले पराजित गरेका छन ।

निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अध्यक्षका उम्मेदवार भीमप्रसाद अधिकारी निर्वाचित भए।

४ हजार १२८ मतदातामध्ये २६१४ जनाले मतदान गरेकोमा अधिकारीले १२८७ मत ल्याएका थिए भने अधिकारीका प्रतिस्पर्धी कांग्रेस, एमाले, माओवादी, राप्रपा र जसपा समर्थित उम्मेदवार प्रेमप्रकाश चुँडालले ११३७ मत पाएका थिए।

उपाध्यक्षमा ५ दल समर्थित राजेन्द्र उप्रेती विजयी भए भने सचिवमा गोविन्द पौडयाल, कोषाध्यक्षमा खेमराज कार्की विजयी भएका छन त्यसैगरी सदस्यहरुमा गोपाल खरेल, लक्ष्मीप्रसाद ओडारी र भरतकुमार श्रेष्ठ विजयी भएका छन । महिला सदस्यमा सोमा प्रसाईँ खरेल र हरिमाया राई विजयी भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, नेकपा समाजबादी र राप्रपा जस्ता ठुलापार्टीबाट अनुमोदित उम्मेदवारलाई विना दलका स्वतन्त्र उम्मेदवारले पराजित गर्नुले दलहरुको अवस्था खुम्चिदै गैर मानिसहरुले राम्रा व्यक्तिहरु रोज्न थालेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय