तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।

तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

गाडी तोडफोड भएबारे शुक्रबार बिहान सवा ६ बजे मात्रै प्रहरीले सूचना पाएको थियो। सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.कको टोली घटनास्थल पुगेको थियो।

इन्सपेक्टर वि.कका अनुसार गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेका हुन्।
गाडिको साइडसाइडका सिसा फुटेको उनले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिएको डिएसपी खाँणले बताए।

घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरि संलग्नलाई अनुसन्धान गर्ने र संलग्नलाई कारबाहीको दायरामा ल्याइने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय