सांसद चित्रबहादुर केसीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा गरेको खर्च विवरण आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हु।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचनमा केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च गरेको केसीका निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।

केसीले मतदाता नामावली खरिद,छपाई र फोटोकपीमा ९० हजार,सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, प्रचारप्रसार सामग्रीमा २ लाख १० हजार,सामग्री ढुवानीमा २० हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको खर्च विवरणमा उल्लेख छ।

यस्तै, कार्यालय संचालनमा २ लाख, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार, विद्युतीय तथा छापा (प्रचारप्रसार) ४० हजार, सामाजिक सञ्जाल १० हजार र विविध खर्च १ लाख ३४ हजार रुपैयाँ देखाइको छ ।

निर्वाचन प्रतिनिधि सुवेदीले निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन निर्देशिका २०७९ को दफा ८० को उपदफा २ र ३ तथा निर्वाचन आयोगद्वारा स्विकृत निर्वाचन आचार संहिता बमोजिम केसीको निर्वाचन खर्च विवरण निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको बताए ।

उनले निर्वाचन आयोगले बैशाख १२ गतेसम्म निर्वाचन खर्च विवरण पत्रकार सम्मेलन वा स्थानीय तहका कार्यालयमा सार्वजनिक गरिनुपर्ने जनाएकोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको बताए ।

निर्वाचन प्रतिनिधि सुवेदीले पार्टी कमिटी र विदेश र स्वदेशमा रहेका पार्टीका कार्यकर्ताबाट सहयोग संकलन र केसीको परिवारको सहयोगबाट निर्वाचन खर्च व्यवस्थापन गरिएको बताए ।