बारा क्षेत्र नं २ को प्रारम्भिक मत परिणाम अनुसार जसपाका उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् । जनमतका शिवचन्द्र कुशवाहले १७० मत प्राप्त गरेका छन् भने एमालेका पुरुषोत्तम पौडेलले १६६ मत प्राप्त गरेका छन् ।

हालसम्म ६७० मत गणना भइसक्दा रास्वपाका रमेश खरेलले भने ८० मत ल्याएका छन् । यस्तै प्रभु शाह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुणा ज्ञवालीले १२ मत प्राप्त गरेकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बारा २ को मतगणना सोमबार १२ बजेपछि सुरु गरिएको हो । तीन स्थानमा भएको उपनिर्वाचन अन्तर्गत चितवनमा भने अहिलेसम्म मतगणना सुरु भएको छैन ।

तनहुँमा भने रास्वपाका स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।