तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा करिब ५० प्रतिशत मतगणना सकिएको छ।
अहिलेसम्म ३१ हजार २१९ मत गणना भइसकेको छ।
उपनिर्वाचनमा कूल ६३ हजार ७५७ मत खसेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मे९दवार डा.स्वर्णिम वाग्ले १५ हजार ९५८ मत प्राप्त गरी अग्रस्थानमा छन्।
उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई ९ हजार १२० मत प्राप्त गरी दोस्रो स्थानमा छन्।



