तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले १५ हजार मत कटाएका छन ।
पछिल्लो मत परिणाम अनुसार वाग्लेले १५ हजार १३५ मत पाएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् ।
स्वर्णिमले सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई ६ हजार ४०१ मत अन्तरले पछि पारेका छन् । त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार पाएका छन् ।
हाल वाग्लेले एमाले र सत्ता गठबन्धनकै गढबाट धेरै मत पाइरहेका छन ।



