पार्टी विभाजन पछि काठमाडौंको चावहिलमा रहेको राप्रपा पार्टीको केन्द्रीय कार्यालय नवगठित राप्रपा प्रजातान्त्रिकले कव्जा गरेको छ ।

पशुपति शमशेर राणा नेतृत्वमो राप्रपा प्रजातान्त्रिकले साविकको राप्रपाको कार्यालयमा कव्जा जमाएको हो । राणाले दान गरेको जग्गामा राप्रपाको पार्टी कार्यालय बनेको थियो ।

राप्रपा एकीकरण भएपछि धुम्बराहीमा रहेको राप्रपा नेपालको कार्यालयमा रहेको कमल थापाको कार्यकक्ष चावहिलमा सारिएको थियो । चावहिलको पार्टी कार्यालयमा सोमवार राप्रपा प्रजातान्त्रिको बैठक चलिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राणा समूहले कव्जा जमाएपछि कमल थापा राप्रपा नेपालको पुरानो कार्यालय रहेको धुम्बराही फर्केका छन् । राप्रपा नेपालको पार्टी कार्यालयमा कमल थापा समूहको बैठक बसिरहेको छ ।

मंसिरमा पार्टी एकीकरण भएपछि राप्रपा अध्यक्ष थापाले चावहिलमा रहेको पार्टी कार्यालयमा गएर पदभार ग्रहण गरेका थिए ।

पार्टी कार्यालयको सो घरमा पनि विबाद छ । कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै राणा समूहले आइतवार छुट्टै पार्टी गठन गरेको थियो ।