
चितवन–२ को उपनिर्वाचनमा २१ हजार मत गणना गर्न बाँकी रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ ।
अहिले कालिका नगरपालिकाको मतगणना भइरहेको छ । चितवन–२ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत भनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३२ हजार ६१२ मतको फराकिलो मतान्तर कायम
तीन पालिका रहेको चितवन–२ मा इच्छाकामना र भरतपुरमा कुल ५६ हजार ४९६ मत खसेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी गराएको छ ।
जसमध्ये ५५ हजार ६२६ मत सदर भएको छ । यी दुई पालिकाका सदर मतमध्ये लामिछानेले ४० हजार ५९ मत ल्याए । कांग्रेसका जीतनारायण श्रेष्ठको सात हजार ४५७ र एमालेका रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आयो ।