बारा निर्वाचन क्षेत्र नम्बर – २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

निकतटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहालाई यादवले ३ हजार ५१५ मतान्तरले पछि पारेका छन् ।

मंगलबार बिहान पौने ९ बजेसम्मको मत गणनाअनुसार यादवले १० हजार ३२७ मत प्राप्त गरेका छन् ।

यादवलाई जनमत पार्टीका कुशवाहाले ६ हजार ८१२ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार १०४ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १ हजार ८७० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय