चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।
कुल ७८ हजार २७७ मत खसेको चितवन–२ मा ७० हजार २३९ मत गणना हुँदा लामिछानेले ५० हजार ७९ मत ल्याएका छन् ।
उनले अहिलेसम्म लगातार ७१ प्रतिशत मत पाइरहेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ९१६५ छ। उनीहरूबीचको मतान्तर ४०८६४ छ।
चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत ८ हजार मात्र छ।
लामिछानेले यसपालि गत मंसिर-४ को चुनावमा पाएको भन्दा धेरै मतसँगै मतान्तर पनि फराकिलो पार्ने देखिएको छ।
मंसिरको चुनावमा लामिछानेले ४९३०० मत पाएका थिए। उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४९८८ मत पाएका थिए। उनीहरूबीचको मतान्तर ३४३१२ थियो।



