आइतबार सम्पन्न उपनिर्वाचनमा राप्रपाका तीन उम्मेदवारले जम्मा ७१२ मत पाए । बारा–२ मा ११९, चितवन–२ मा ३७५ र तनहुँ १ मा २१८ मत पाउँदा राप्रपाका उम्मेदवारको जमानत जफत त भयो नै उपनिर्वाचनको परिणामले पार्टीमा असन्तुष्टि चुलिन पुगेको छ ।

 

संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई सशक्त बनाउँदै पार्टी बनाउने उद्देश्यका साथ राजेन्द्र लिङ्देन गत महाधिवेशनबाट पार्टीको नेतृत्वमा आएका थिए ।

लिङ्देन नेतृत्वमा आएसँगै पार्टी बन्ने आशा गरिए पनि पछिल्लो निर्वाचनको नतिजाले सो आशा निराशामा परिणत भएको पार्टीका कतिपय नेता कार्यकर्ताको भनाइ छ ।

 

नतिजालाई नै लिएर पार्टीका जिम्मेवार नेताहरूले नै नेतृत्वमाथि प्रश्न गर्न थालेका छन् । उनीहरूले पार्टी नेतृत्वले एजेन्डालाई प्रभावकारी ढङ्गले अघि नबढाएको तथा आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा सत्ताको खेलमा लागेको मुख्य आरोप लगाएका छन् ।

जसका कारण पार्टीमा जनताको आकर्षण बढ्न नसकेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय