नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय पारदर्शी नभएको बताएका छन्।

गत चैत ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अयोग्य लडाकुलाई पैसा दिने निर्णय नभएको भन्ने कुरा सार्वजनिक गरेको पौडेलले बताए ।

सांसदलाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको पनि उनको भनाइ छ।

‘भित्रभित्रै कार्यविधि बनाइएको सुन्न आएको छ। यसले सरकारको कामकारबाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक सङ्कटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रस्ट देखाउँछ,’ पौडेलले भने।

सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सनसमेत दिन नसकेको विषय सार्वजनिक भइरहेको उनले बताए।

‘यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका सङ्केत देखाउन थालिसकेको छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv