राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

उपसभापति डोलप्रसाद अर्यालका अनुसार भोलि सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो ।

सोमबारको बैठकमा संसदीय दलको नेता चयनका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । उपसभापति अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रास्वपामा अहिले उक्त पद रिक्त छ ।

१० वैशाखमा भएको उपनविर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । रवि फेरि संसदीय दलको नेता बन्ने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर