https://www.youtube.com/watch?v=SphhMP_m68w&feature=youtu.be

 

बिष्णुप्रसाद पोखरेल
दमक/देशको विद्यमान राजनीतिक अवस्था र परिस्थितिसँग मेल खाने कथावस्तुमा आधारित रहेर बनाइएको भनिएको चलचित्र संरक्षणको प्रमोशनका लाग अहिले चलचित्र यूनिट नै देश दौडाहमा रहेको छ ।

करिब ४ बर्षको अथक प्रयासपछि आफूहरुले चलचित्र ल्याएको भन्दै कलाकार सहित चलचित्र यूनिट देश दौडाहमा रहेको हो । सोमबार दमकमा आएको चलचित्र यूनिटले संरक्षण चलचित्र हेर्दा कसैले पनि पछूतो नमान्ने दाबी गरेकाछन् । चलचित्रमा रहेका बिषयबस्तुले हरेक नेपालीहरुलाइ छुने दाबी गर्दै उनिहरुले यस्तो बताएकाहुन् ।

निक्कै उत्साहित भएर पत्रकार सम्मेलनमा सहभागि भएको चलचित्र यूनिटले यो चलचित्र धेरै मिहीनेतबाट उब्जिएको दाबी गरे । चलचित्रका निर्मातामध्येका एक तथा बितरण एफ.डि कक्पनीका अध्यक्ष नरेन्द्र महर्जनले यो चलचित्रको बिषयमा अहिले धेरै भन्ने भन्दा पनि दर्शकले हेरेर नेपाली चलचित्रमा नयाँ स्वाद थाहा पाउने बताए ।

करिब डेढ करोडको लगानीमा निर्माण भएको चलचित्रका निर्देशक पूर्णन्द्र झाले चलचित्र बनाउन धेरै कठिनाइ मालेको बताए । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा मौलाएको विकृति, मनपरीलगायत विषय वस्तुलाई चलचित्रमा समेटिएको बताइन्छ ।

नेपाली–नेपालीका बीचमा पछिल्लो समयमा विभेद, राजनीति तथा नेपाली जनताले भोग्नु परेका पीडालाई चलचित्र समेटीएको भन्दै यसमा आफूहरुले धेरै मिहिनेत गरेको यस चलचित्रका नायिकाहरुले बताएकाछन् ।

चलचित्रको कथावस्तुमा पत्रकारको भूमिकामा रहेकी मेलिना जोशी र पहाडमा जन्मी हुर्किएर मधेशको समाजमा संघर्षपूर्ण जीवन बिताउन पुगेकी अशिष्मा नकर्मीले चलचित्रमा जिबन्त अभिनय गरेको बताइएको छ । उनिहरुले एकपटक चलचित्र आएर हेरिदिन आग्रह गरे ।

चलचित्रमा कलाकारहरु निखिल उप्रेती, सौगात मल्ल, रमेशरञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, कृष्ण सिँह, रमेश बुढाथोकी, नीर शाह, भोला शाह, नन्दु श्रीवास्तवलगायतका कलाकारहरुको भूमिका रहेको छ ।

पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको दोन्द रहेको छ । चलचित्र लाई एफ डी कम्पनि र बि के फिल्म्स र स्टेसन फाईबले वितरण गर्ने भएको छ ।

एफडि कम्पनीको पूर्वाञ्चल प्रमुख तथा पाथिभरा चलचित्र मन्दिरका प्रबन्धक चैतन्य बरालले चलचित्र र कलाकारहरुलाइ थप अघि बढ्न प्रोत्साहन गर्ने काम दर्शक हुने बताएका थिए । यहि साउन २७ गतेदेखि देशभरका अधिकाँश हलहरुमा चलचित्र लाग्ने उनले बताए ।

https://www.youtube.com/watch?v=SphhMP_m68w&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah