कमजोर अर्थतन्त्र र कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि अपनाउँदा आगामी पाँच वर्षमा विश्वव्यापी रोजगार क्षेत्रले ठूलो समस्या सामना गर्ने देखिएको छ ।

विश्व आर्थिक फोरम (डब्लूईएफ) मा आइतबार सार्वजनिक ८०० भन्दा बढी कम्पनीहरूको सर्वेक्षणमा आधारित रिपोर्टले यस्तो देखाएको हो ।

प्रत्येक वर्ष स्विट्जरल्याण्डको डाभोसमा विश्वभरका लिडरहरू आर्थिक गतिविधिको विश्लेषणका लागि भेला हुने गर्छन् ।रिपोर्टले सन् २०२७ सम्म विश्वबजारमा ६ करोड ९० लाख नयाँ रोजगारी सिर्जना हुने र आठ करोड ३० लाख पद हट्ने ठानिएको छ ।

रिपोर्टले हालको रोजगारीको दुई प्रतिशत बराबर अर्थात् एक करोड ४० लाख रोजगारी गुम्ने देखाएको छ । यो धेरै कारकहरूमा निर्भर रहने रिपोर्टमा जनाइएको छ ।

खासगरी नवीकरणीय ऊर्जा प्रणालीको परिवर्तनले रोजगारी सृजना गर्ने र सुस्त आर्थिक वृद्धि एवं उच्च मुद्रास्फीतिले कटौती गर्ने रिपोर्टमा उल्लेख छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को प्रयोगले सकारात्मक र नकारात्मक दुवै शक्तिको रूपमा काम गर्ने ठानिएको छ ।

कम्पनीहरूले एआई उपकरणमाथि काम गर्ने कामदारहरू राख्नेछन् । डाटा एनालिस्ट एवं साइन्टिस्ट, मेसिन लर्निङ विज्ञ र साइबर सुरक्षा विज्ञहरूको रोजगारी सन् २०२७ सम्ममा औसतमा ३० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

कृत्रिम बुद्धिमत्ताको महत्वपूर्ण भूमिका बढ्दै जाँदा सन् २०२७ सम्ममा रेकर्ड राख्ने र प्रशासनिक रोजगारी दुई करोड ६० लाखले कम हुने । अहिले नै पनि बिजनेस क्षेत्रको ३४ प्रतिशत काम एआई एवं मेसिनले गर्न थालेको डब्लूईएफले जनाएको छ । सीएनएन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय