राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभाग र विभागीय प्रमुख तोकेको हो ।

बैठकले अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्लेलाई तोकेको छ । यस्तै नीति तथा विचार विभाग प्रमुखको जिम्‍मेवारी मुकुल ढकाललाई दिइएको छ भने कविन्द्र बुर्लाकोटी संगठन विभाग प्रमुखको जिम्‍मेवारी पाएका छन् ।

यस्तै शिशिर खनाललाई अन्तराष्ट्रिय  विगभाग प्रमुख,  भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुख हरि ढकाल,  शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठ,  स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तोसिमा कार्की, कृषि विभाग र सहकारी विभाग प्रमुख अशोक चौधरी र सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख मनिष झालाई तोकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर