सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले हाल खानेपानी, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय