अमेरिकाले २०२४ को लागि आवेदन दिनेहरुको डिभीको रिजल्ट सार्वजनिक गरेको छ । मे २३ अर्थात नेपाली समय अनुसार शनिबार राति ९ बजेर ४५ मिनेटमा डिभीको नतिजा प्रकाशन भएको हो ।

यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री सार्वजनिक गर्ने गर्छ ।

जसको नतिजा डिभी प्रोग्राम डट स्टेट डट जिओभीमा वा यहाँ क्लिक गरेर दिएको निर्देशन अनुसार आफ्नो नतिजा हेर्न सक्नुहुनेछ ।

गएराति भिजिटर धेरै भएकाले नतिजा हेर्न समस्या परेको थियो । अहिले भने सो चाप कम भएकाले सहजैसँग आफ्नो नतिजा हेर्न सकिन्छ ।

नेपालस्थित अमेरिकी दूतावासले भिडी परेका वा नपरेका जो कोहीलाई इमेलमा डिभी परेको भन्दै सन्देश पठाएर ठगी हुने भएको भन्दै त्यस्तोमा विश्वास नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय