प्रमुख प्रतिपक्ष नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसाे २ बजे बस्ने सचिवालय बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ ।

एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ ।

एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षा लगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय