प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच मंगलबार भेटवार्ता भएको छ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सरकारले शुक्रबार (जेठ ५ मा) नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताएको सभामुखको सचिवालयले जानकारी दियो।

‘आजबाट समितिहरूको बैठक सुरू भएपछि संसद्ले लय समातेको छ।संसदमा विचाराधिन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दैै सचिवालयले भन्यो, ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ। सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु।’

जवाफमा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दल अपेक्षित सहयोग भएको भन्दै खुसी व्यक्त गरेका थिए।

‘आजबाट समितिको बैठकहरू उत्साहपूर्ण रूपमा सुरु भएका छन्। संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ,’ सभामुखको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो।

भेटमा सभामुखले सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको सांसद्हरूको गुनासो पनि प्रधानमन्त्री प्रचण्डलाई सुनाएका थिए।

‘प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु,’ सभामुखको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor