काठमाण्डाै – नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

आज शुक्रवार विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गरेको हो । गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको पुष्टिसँगै खड्कालाई १५ महिना कैद र नौ करोड ३३ लाख २५ हजार तीन सय १४ रुपैयाँ जरिबानाको फैसला भएको विशष अदालतका प्रवक्ता दिपेन्द्र योगीले जानकारी दिनुभयो ।

साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुई वटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

खड्काले गैरकानुनीरूपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०६९ चैत २ गतेदेखि निगमको कार्यकारी निर्देशक रहेका खड्काले पदमा बहाल रहँदा २७ करोड ३० लाख ७५ हजार तीन सय ८० रुपैयाँ खर्च तथा लगानी गरेकाेमा आठ करोड ६४ लाख ६९ हजार सात सय ५१ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको थियो । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com