काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्व प्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नु पर्ने बताए ।
naya 1
salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभइ २०८०/२०८१ को सुरु गर्न जरुरी रहेको बताएका छन् । सबै पार्टीहरु मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र नागरिकको सेवा गर्न लाग्नुपर्ने उनले बताए ।