काठमाडौं – आज २०८० साल पुस १० गते मंगलबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। अचानक धन आर्जन हुनेछ। सबैको साथ पाइने छ। मनमा खुशी मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृष : शिक्षा, स्वास्थ्य, रोजगारी र वैदेशिक यात्रामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको राम्रो साथ रहने योग रहेको छ।

मिथुन : चन्द्रमा अनुकुल रहेकाले आर्थिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परिवारका सदस्यसँग छलफल गरेर गरेको काममा सफलता हात लाग्नेछ।

कर्कट : दिन रमाइलो नहुनसक्छ। मित्रले धोका दिनसक्ने छन्। सञ्चित धनमा क्षति हुने भएकाले ठुला कामको सुरुवात नगर्नु राम्रो हुन्छ। गणेशको दर्शन गरेर काम गर्नु राम्रो हुन्छ।

सिंह : दैनिकी सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या रहेकाले खानपानमा ख्याल गर्नुहोला। प्रेम सम्बन्ध र परिवारबाट असहयोग हुने देखिन्छ।

कन्या : काम नगरी फलको आश गर्दा निराश बन्नुपर्ने छ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ। आजको दिनमा भाग्यको भर नपरेकै राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। काममा प्रशंसा प्राप्त हुनेछ। अगाडि प्रशंसा गरेर पछाडि कुरा काट्नेसँग सचेत हुनुपर्छ। शिक्षामा प्रगति हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

वृश्चिक : आजको दिन आफूलाई धेरै समय दिनु राम्रो हुन्छ। अरुसँग अपेक्षा गर्नु गलत हुन्छ। जुनसुकै काम गर्दा पनि विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। सानो गल्तीले ठुलो क्षति हुनसक्ने योग छ।

धनु : दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सफलता प्राप्त हुनेछ। मित्र अनुकुल छन्। परिवारको साथ पाइने छ।

मकर : अचानक सन्चित धन खर्च हुने योग छ। ठुलो व्यापार र उद्योगका लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने उत्साह मिल्नेछ।

कुम्भ : शनिदेवको छाया रहेकाले अरुले गल्ती गरे पनि दोष आइलाग्न सक्छ। शनि अनुकल भए राम्रो प्रगति हुन्छ। शनि अनुकल भए नभएको कुरा जन्मकुण्डली हेरेर थाहा पाउन सकिन्छ। त्यही आधारमा सुझाव लिनु राम्रो हुन्छ।

मीन : आजको दिनमा धेरै विकल्प देखिन सक्छन्। आएका विकल्पमध्ये उत्तम विकल्प खोज्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor