मेष : आजको दैनिकी राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट उल्लेख्य आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगले दिन रमाइलो हुनेछ।

वृष : आजको दिन राम्रो छ। नयाँ ठाउँको यात्रा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट आर्थिक उन्नति हुनेछ। बढुवाको अवसर देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। सामाजिक क्षेत्रमा उन्नति हुनेछ। धार्मिक यात्रा गर्ने योग रहेको छ। आर्थिक क्षेत्र सबल देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ। वैदेशक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कर्कट : आजको दिन सामान्य छ। ठुलो लगानीका लागि अगाडि नबढ्नु राम्रो हुन्छ। परिवारमा अनावश्यक शंका हुनसक्छ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भए ठुलो प्रगति हुनेछ।

सिंह : दिन राम्रो छ। आफूले आफैंलाई सम्हालेर अगाडि बढ्नुपर्ने दिन छ। बौद्धिक क्षेत्रबाट सम्मान मिल्नेछ। परोपकार गर्ने अवसर जुट्नसक्छ। परिवारमा असन्तुष्टिको स्वर सुन्नुपर्ने बाध्यता हुनसक्छ।

कन्या : तपाईंको दिन राम्रो छ। कुनै अवसर आए प्रयोग गर्दा फाइदा हुनेछ। आफू नम्र भएर आफ्नो काम गर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दैनिकी राम्रो छ। बलले भन्दा बुद्धिले काम गर्ने समय छ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। आफ्नो खल्ती छामेर मात्र खर्च गर्नुपर्ने समय छ। काम गर्नु अगाडि परिवारभित्र सल्लाह गर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य छ। आफन्तले खुट्टा तान्ने खतरा छ। मनमा बुनेका योजना नसुनाइ अगाडि बढ्नु राम्रो हुन्छ। पुरानो रोगले दुःख दिने खतरा छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

धनु : दैनिकी राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रमो गरेको परिश्रमको फल मिल्नेछ। बन्धुसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय सामान्य छ। शनिदेव सकारात्मक भए दिन विशेष बन्नेछ। परिवारको नाम बाट काम गर्नु राम्रो हुन्छ। बिहान शिव भजन सुनेर पनि तनाव कम गर्न सकिन्छ।

कुम्भ : दिन राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। व्यवहारकै कारण तपाईं प्रशंसाको पात्र बन्नुभएको छ। परिवारमा बोलीकै कारण झगडा हुने भएकाले थोरै बोलेर धेरै काम गर्नु राम्रो हुनेछ।

मीन : दैनिकी सामान्य छ। आर्थिक क्षेत्रको सचेत हुनुपर्छ। व्यवहार गर्दा पारिवारिक सहमतिमा गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah