काठमाडौं – आज २०८१ साल माघ ६ गते आइतबार माघ कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जनवरी १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। साथीभाइ भने तपाईंको विपक्षीमा सक्रिय देखिन्छन्। आफूलाई राज्यको निगरानीमा भएको सोच्नुपर्ने दिन छ। स्वास्थ्यमा मेहनतको खाँचो देखिन्छ। परिवारमा भने मेलमिलाप हुनेछ।

वृष : बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नुपर्ने समय छ। परीक्षा भए आजको प्रयास सफल बन्नेछ। परिवारको साथ नहुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

मिथुन : दिन सामान्य छ। अरु बोलेको सुन्दासमेत झर्को लाग्नसक्छ। आफूलाई संयम राख्न नसक्दा व्यवहारमा खटपटी बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

कर्कट : दिन सामान्य छ। जन्मकुण्डलीमा शनिदेव अनुकल भएमा सोचेका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। कार्यक्षेत्रमा गरेको संघर्ष सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा विवाद हुने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

कन्या : चन्द्रमा तपाईंको लग्न राशिमा पुगेका छन्। परोपकारमा सक्रिय भएमा सफलता मिल्नेछ। रोग नियन्त्रणका लागि भएको प्रयास सफल बन्नेछ। विपक्षी साथीले तपाईंलाई साथ दिने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ।

तुला : सञ्चित धन खर्च गर्ने दिन छ। खर्च बढ्दा मन उदास बन्नेछ। रोग प्रतिरोधी क्षमता बढाउन शान्त बन्नुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

वृश्चिक : भाग्यको उदय हुने दिन छ। थालेको कामलाई निरन्तरता दिन सकेमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा चिसोबाट लाग्ने रोगको जोखिम रहेको छ। परिवारमा मेलमिलाप हुनेछ।

धनु : दिन सामान्य छ। व्यापारमा सचेत बन्नुपर्ने छ। राजनीतिको नाममा लुट हुने भएकाले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने दिन छ। स्वास्थ्यमा भने सुधार हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती बढ्नेछ।

मकर : आफ्नो बोलीका कारण पस्चाताप हुनसक्छ। गुम्न लागेको लगानी हात लाग्नेछ। राज्यका अंगमा भएको सम्भावना छ। दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। अन्त्य साढेसाती दशा रहेकाले दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भ : दिन सामान्य छ। शनिदेव जन्मकुण्डलीको तीन, ६ र ११ मा भएमा भने दिन सहज बन्नेछ। लगानीको क्षेत्रमा हात नबढाउनु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुँदा विपक्षीबाट पनि राहत मिल्ने योग छ।

मीन : दैनिकी राम्रो छ। सप्तम भावमा चन्द्रमा पुगेका छन्। मनमा उल्लास बढ्नेछ। शिक्षामा समय दिन नसक्दा लक्ष्य प्राप्त नहुने जोखिम छ। राजनीतिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्ने योग रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah