हेटौंडा – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाएको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय पारित हुँदै गर्दा कुलमान भने हेटौंडाको चेपाङ बस्तीमा बिजुली बाल्न व्यस्त थिए।

केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो। ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई मन्त्रिपरिषद्ले बर्खास्त गरेको हो। १८ घण्टा लोडसेडिङ हटाउन कुलमानले दिएको योगदानको अपमान गर्दै आएका मन्त्री खड्काले यसअघि भारतका कारण लोडसेडिङ अन्त्य भएको त्यहाँ कुलमानको कुनै भूमिका नरहेको दाबी गरेका थिए। त्यसयता मन्त्री खड्काको चर्को आलोचना हुँदै आएको थियो। तर उनकै प्रस्तावमा सोमबार सरकारले एउटा निर्देशक घिसिङलाई बर्खास्त गर्दै गर्दा उनी जनताको मन जित्ने कामका लागि चेपाङ गाउँ पुगेकै समय परेको हो। उनी टुकी र दियालोको उज्यालोमा जीवन निर्वाह रिरहेका चेपाङ समुदाय गाउँमा बिजुली बाल्न पुग्दा बदबाट बर्खास्त भएका हुन्।

कुलमानले आफू बर्खास्त भएकै दिन मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङ दुर्गम बस्तीका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा बिजुली बाल्ने कार्यक्रमको उद्घाटन गरेका हुन्।

नेपाल विद्युत् प्राधिकरणको चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युतियकरण घोषणा गरेपछि कुलमानको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको थियो।

सरकारले आफूलाई बर्खास्त गर्दागर्दै घिसिङले राक्सिराङ गाउँपालिका–९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्विच अन’ गरेर विकट र गरिब खैराङ बस्तीलाई झलमल्ल बनाएका हुन्।

कुलमानले राक्सिराङ–९ खैराङकी ७० वर्षीय तुलकुमारी चेपाङको घरको मिटर अन गरेर कार्यक्रम उद्घाटन गरेका थिए। कुनमानको कामले उनी दंग थिइन। तुलकुमारीसँगै गाउँका टेकबहादुर थिङ, नेमबहादुर लामा र वीरमान थिङले जीवनकै पहिलो खुशी पाएका थिए। बिजुली बत्ती आफ्नै घरमा देख्दा उनीहरु खुशी भएका हुन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उज्यालो गाउँ बनाउने अभियानमा गाउँपालिकालाई साथ दिएपछि खैराङलगायत राक्सिराङ गाउँपालिकाका सबै वडामा विद्युतको पहुँच पुगेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

घिसिङले ३०३ वटा विद्युत् मिटर उक्त वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका थिए। यो अभियानमा साथ दिएको भन्दै गाउँपालिकाले कुलमानलाई सम्मानसमेत गरेको छ।

कुलमानले उक्त अवसरमा दुर्गम गाउँका चेपाङको छाप्रो–छाप्रोमा विद्युत् पुर्याउन पाउँदा आफूलाई खुसी लागेको बताए।

विद्युतका सम्बन्धमा पालिकाले राखेको माग र समस्या समाधान हुने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए। उनले कार्यक्रमलाई सम्बोधन गर्दै बत्ती नपुगेको ठाउँमा बत्ती पुर्याउने, काठका पोल भएका ठाउँमा विस्थापित गर्ने र नाङ्गा तार विस्थापित गर्ने कार्य क्रमिक रूपमा गर्ने प्रतिबद्धता जनाए। तर यी प्रतिबद्धताले जनता खुशी हुँदै गर्दा सरकारले उनलाई पदबाट बर्खास्त गरिसकेको थियो।

विकट गाउँमा पुगेर घिसिङले बत्तिको उज्यालो क्षणिक हुनसक्ने भएकाले चेपाङ र तामाङ बस्तीमा शिक्षाको उज्यालो पुर्याउनसमेत आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv