मेष : धनलक्ष्मी योग परेको छ। सदुपयोग गर्नुहोला। योजना अनुसार गरेको काम दीर्घकालसम्म सफल बन्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको तर्क कार्यान्वयन हुनेछ।

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी सकारात्मक भएकाले सोचेका काम सहजै बन्नेछन्।

मिथुन : आज आम्दानी हुनेछ। कतै घुमफिर तय हुँदा मन प्रशन्न हुनेछ। धार्मिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : तपाईंका लागि समय खराब आएको छ। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा गरेको तर्क असफल बनाउन साथी नै सक्रिय छन्। हरेक काममा बाधा भए पनि परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : पढाइमा मन जानेछ। परीक्षाको नतिजाबाट मनमा हर्ष बढ्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारमा विवाद बढ्ने हुँदा व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ।

कन्या : दिन मध्यम छ। आज कर्म गर्न स्वतन्त्रता मिल्ने दिन छ। एकल निर्णय नगर्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आज व्यापार व्यवसायमा फाइदा हुने दिन छ। शिक्षामा गरेको श्रमको फल प्राप्त हुनेछ। विपक्षी साथीले प्रशंसा गर्ने योग छ। परिवारसँगको सम्बन्ध यथावत रहनेछ।

वृश्चिक : बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। साथीभाइसँग सल्लाह गरेर अगाडि बढ्नु उचित हुनेछ। साना कुरामा अल्झिएमा ठुलो अवसर गुमाउनुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

धनु : आज मानसम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारमा खटपटी बढ्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। राज्यको कर्मचारी भए तपाईंको बढुवा हुनेछ। शिक्षामा गरेको प्रयासमा थप मिहिनेतको आवश्यकता देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गर्नुहोला।

कुम्भ : साना कुराले मनमा झन्झट बढ्नेछ। लगानी गरेको सम्पत्ति नउठ्ने जोखिम छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन सहजै बित्नेछ।

मीन : आज आम्दानी बढ्ने दिन छ। बोलीकै कारण विवाद बढ्ने सम्भावना छ। गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah