पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका महान्यायाधीवक्ता रमण श्रेष्ठले आइतबार राजीनामा दिए । दाहालले नियुक्त गरे पनि उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि केही दिन महान्यायाधिवक्ता भएर काम गरे । नेपालको न्यायिक इतिहासमा प्रधानमन्त्रीपिच्छे महान्यायाधीवक्ता फेर्ने प्रचलन भंग गर्दै श्रेष्ठ देउवाको कार्यकालमा पनि केही समय बसेका थिए ।  एक वर्ष ६ दिन महान्यायाधिवक्ताको कार्यभार सम्हालेका रमण श्रेष्ठसँग विजेता चौधरीले गरेको कुराकानीः (बाह्खरीबाट साभार)

पुष्पकमल दाहालले नियुक्त गरेको भए पनि उनले राजीनामा गरेको धेरैदिनसम्म पनि राजीनामा दिनुभएन । केही खास कारण थियो कि ?

खास कारण भन्दा पनि महान्यायाधीवक्ता भनेको संविधानको धारा १५८ ले नियुक्त गरेको सरकार र राज्यको सल्लाहकार हो । उसको संवैधानिक कानुनी दायीत्व भनेको सरकारलाई सल्लाह दिने, सरकारको तर्फबाट दायर भएको मुद्दाहरू हेर्ने र प्रधानमन्त्रीले चाहँदासम्म बस्न सकिने हुन्छ । तर हाम्रो यहाँ कस्तो कल्चर बस्यो भने महान्यायाधीवक्ता जुन प्रधानमन्त्रीले नियुक्त गरेको हो, उसको कार्यकालसम्म बस्ने त्यसपछि फेरिने । यसपालि अलिकति के फरक भयो भने गठबन्धन सरकार छ ।

दुईटा पार्टीले सरकार सञ्चालन गर्ने सन्दर्भमा केही बेसिक कुराहरू तय गरेका छन् । जसमा प्रधानमन्त्री र मन्त्रीपरिषद्को नेतृत्व गर्ने मान्छे मात्रै बदलिएका छन् ।

सहकार्यको सरकार भएकोले छोड्ने बेलामा पनि आफ्नो हिसाबले छोड्ने स्थिति भएन । पूर्व प्रधानमन्त्री जसले मलाई महान्यायाधीवक्ताको लागि सिफारिस गर्नुभयो र वर्तमान प्रधानमन्त्रीलाई मैले यो स्थिति छ, त्यसैले राजीनामा स्वीकृत गर्नुपर्छ र मलाई बिदा दिनुपर्छ भनेर मैले सहमतिमै राजीनामा दिएँ ।

अहिले आएर राजीनामा दिनुपर्ने अवस्था कसरी आयो त ?

म डिफेन्स लयर हुँ, मेरो ल फर्म बन्द गर्ने स्थितिमा छ । अर्को कुरा महान्यायाधीवक्ता भएरै लामो समय बस्ने भए त मैले आफ्नो भिजन र दृष्टिकोण अनुसारको कार्यक्रमहरूलाई कार्यान्वयन गर्न हुन्थ्यो । तर महान्यायाधीवक्ता भएर ९ महिनामात्रै बस्ने भयो र ९ महिनामा गर्ने कामको टार्गेट पहिले नै सेट थियो । मेरो त्यो सबै काम वास्तवमा मैले गरिसकेको थिएँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको महान्यायाधीवक्ता भएपछि सैद्धान्तिक रुपमै कांग्रेसलाई सहयोग गनुपर्छ भन्ने लागेको हो ?

त्यस्तो होइन । प्रधानमन्त्रीले चाहनुभयो भने जसलाई पनि महान्यायाधीवक्ता नियुक्त गर्न सक्नुहुन्छ । हामीकहाँ एउटा भ्रम कस्तो भयो भने प्रधानमन्त्री फेरिएसँगै महान्यायाधीवक्ता फेरिने । तर वास्तवमा त्यो कुरो होइन, संविधान र कानुनले त्यो भन्दैन । प्रधानन्यायाधिवक्ता बसेर लामो समय गर्न सकिने स्थिति रहेन । मेरो पनि व्यवसाय छ । एक वर्ष ग्याप भइसक्यो, मैले त्यो सञ्चालन गर्नु पर्नेछ । त्यसैले प्रधानमन्त्रीसँग सल्लाह गरेर नै मैले राजीनामा गरेको हुँ ।

केही मुद्दाहरू छिन्न बाँकी भएर बस्नुभएको हो कि ?

प्रश्न उठ्नु स्वभाविक हो किनभने धेरै ठूला मुद्दाहरू यही बीचमा परे । महाभियोग पनि यही बीचमा आयो । तर जसरी एउटा डिफेन्स लयर क्लाइन्टको पक्षमा लाग्छ, त्यसरी नै सरकारको विरुद्धमा परेको मुद्दामा लड्नुपर्ने रोल हुन्छ । तर मुद्दाकै कामले बस्नुपर्ने स्थिति चाहिँ होइन । किनभने मुद्दामा बहस गर्न बाहिर बसेर पनि पाइन्छ । हामीले एउटा अभ्यास सुरु गरिसकेका पनि छौं । राजदूतको मुद्दामा पूर्व ९ जना महान्यायाधीवक्ताले वहस गरेका हुन् । देउवाको कार्यकालसम्म बस्नुमा वास्तवमा त्यहाँ दुईटा पार्टी बीचमा सहमति हुने भएको हुनाले बस्नुपर्यो । योजना आयोगको उपाध्यक्षले पनि दुई तीन हप्ता अगाडि राजीनामा दिए, त्यो पनि वर्तमान सरकारसँग सहमति भएअनुसार नै हो । यस मानेमा कसैले चूडामणि शर्माको मुद्दासँग गाँसे, कसैले भरतपुरको त कसैले आइजीको मुद्दासँग पनि गाँसे तर वास्तवमा मुद्दाको लागि बसेको भन्ने कुरा निराधार हो ।

नवराज सिलवाललाई सिध्याउन तपाईंले नै किर्ते गरिदिनुभएको भन्ने आरोप छ, यसमा कत्तिको सत्यता छ ?

किर्ते गर्नलाई कागज किर्ते गर्नुपर्यो । त्यो कागज बनाउने तीन जना छन्, तिनको हस्ताक्षर किर्ते गर्नुपर्यो । फेरि सही गरेको कार्यसम्पादन मूल्यांकन तीन ठाउँमा हुन्छ– एउटा लोकसेवामा, एउटा गृह मन्त्रालयमा र एउटा प्रहरी प्रधान कार्यालयमा । त्यो जिम्मा लिने छुट्टाछुट्टै अधिकृतहरू छन् । यो देशमा तपाईले किर्ते गर्नुभयो भने त्यो कुरो लुक्दैन । फेरि कासमू किर्ते हुनै सक्दैन । किर्ते गर्नेबेलामा सक्कली कुन हो देखाइदिनु पर्यो नि त । सक्कली बाहिर ल्याइदिनु पर्यो, हावामा आरोप लगाएर हुन्छ ?

कासमू फाइल खोलेपछि थाहा भइहाल्छ के किर्ते भएको थियो । अर्को कुरो फोटोकपीमा किर्ते गरेर पेस गरेको छ, ओरिजिनल भए त हुन्थ्यो । वास्तवमा सर्वोच्चका न्यायाधीशहरूलाई भ्रम भयो प्रकाश अर्याल एक नम्बरमा छ र लेख्ने बेलामा नवराज सिलवाल एक नम्बरमा लेखेको छ । त्यो त फाइल खोलेपछि थाहा भइहाल्छ । हामी पाँचजना जुन दिन क्याबिनेटमा बस्यौं, त्योदिन हामीले खोल्यौं । खोलेपछि लाहाछाप लगाएर सर्वोच्चमा फर्कायौं । यदि लोकसेवाले किर्ते गर्छ भने सिभिल सर्भिस धरासायी हुन्छ । अब निर्णय आउन धेरै समय छैन, आउँदा थाहा भइहाल्छ के किर्ते भएको छ भन्ने ।

तपाईं निश्चित उद्देश्यका लागि काम गर्नुहुन्छ भन्ने आरोप छ नि ? जस्तै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्णतः असहयोग गरेको आरोप छ । उनीविरुद्ध सरकारी वकिल नै आन्दोलनमा उतार्नुभयो, किन ?

उद्देश्य नै नभए त कामै हुँदैन । सुशीला कार्कीजीले जे गर्नुभयो, त्यसमा केही संविधान र कानुन विपरित काम गर्नुभयो । जस्तो– उदाहरणको लागि ललितपुर जिल्ला अदालतको सुब्बालाई तीन लाख पैसासहित अख्तियारले समात्यो । समातेपछि उहाँले के गर्नुभयो भने न्यायप्रशासन ऐनको दफा २४ लाई देखाएर न्यायाधीशै पठाउनुभयो । के निजामति कर्मचारीले भ्रष्टाचार गरेको विषय सर्वोच्च अदालतको प्रधानन्यायाधीश अथवा कुनै न्यायाधीशले हेर्न सक्छ ? मुद्दा परेपछि हेर्ने हो । त्यहीबाट सुरु भयो विवाद । मेले भनें, त्यो हेर्न मिल्दैन, त्यो अख्तियारको अधिकार क्षेत्र हो । वहाँको कार्यकालमा देखिने गरी न्यायाधीशहरूको बीचमा ठूलो गुटबन्दी थियो । त्यतिमात्रै होइन, संवैधानिक इजलास उहाँको कार्यकालमा एक वर्षसम्म गठन भएन । त्यस्तो धेरै सवाल उठाउनु पर्यो ।

सुशीला कार्कीलाई राम्रो प्रधानन्यायाधीश भन्छन्, तपार्इंको असहयोगको ठोस कारण के थियो ?

यसमा असहयोगको कुरै छैन नि । संविधानमा कानुनले जे भनेको छ त्यो गर्ने हो र मेरो भूमिका मैले खेल्ने हो, उहाँको भूमिका उहाँले खेल्ने हो । संविधानले भनेको मैले नगरेर हुँदैन, उहाँले नगरेर हुँदैन । यसमा सहयोग–असहयोगको प्रश्नै उठ्दैन । तर जब संविधान र कानुन भन्दा बाहिर जान्छ, अनि प्रश्न उठने हो । आखिर पैसासहित मान्छे समात्यो, त्यो कसको अधिकार क्षेत्र हो, आखिर उहाँले फर्काउनुभयो नि ।

अर्को कुरा, सरकारी वकिलले अभियोजन ठिक किसिमले गरेन भने त्यसलाई कारवाहीको प्रकृया सुरु गर्नुपर्छ भनी निलम्बन गर्नुपर्छ भनेर हामीले कारबाहीको प्रकृया सुरु गर्यौ । त्यो कसले रोक्यो ? ६ सय ३१ करोडको बिगो छ त्यहाँ, कसले रोक्यो भने सर्वोच्च अदालतको आदेशले रोक्यो । सुडानको केस हेर्नुस्, सुडानको केसमा विशेष अदालतले तीन जना आइजीहरूलाई २८ करोड ६ लाख भन्दा बढी जरिवाना गरेको छ । तर उहाँले सर्वोच्चबाट फैसला गर्ने बेलामा जम्मा १ लाख ३० हजार जरिवानामा झारिदिनुभएको छ । २८ करोड ५ लाख चानचुन घटाइदिएको छ । विशेष अदालतले एकजना आइजीलाई १७ करोड ६ लाख जरिवाना गरेकोमा उहाँले जम्मा ५० लाखमा झार्नुभयो । यस्तो कति छ कति ।

उहाँको अभियान त भ्रष्टाचारको विरुद्धमा थियो नि हैन र ?

बाहिर कसले के भन्यो भनेर हुँदैन, भ्रष्टाचारको विरुद्ध यदि अभियान सुरु गरेको हो भने पहिलोचोटि सरकारी वकिलले अभियोजन ठिक गरेन भने त्यहाँ अनुसन्धान गर्नुपर्छ भनेर निलम्बन गर्यो । त्यसलाई मन्थन गर्नुपर्छ कि त्यसको विरुद्धमा आदेश गर्नुपर्छ ? यी भ्रष्टाचारकै विरुद्धमा उहाँको अभियान थियो भने अदालतभित्र चाहिँ यदि कसैले पैसा खाएको छ भने त्यसलाई कारबाही गर्नुपथ्र्यो कि झिकाएर त्यो मान्छेलाई छोड्नुपथ्र्यो ? भ्रष्टाचारका धेरै मुद्दामा त्यस्ता विरोधाभाष छ उहाँको । अझ कैद पनि घटाइएको छ, दुई जना आइजीलाई दुई—दुई वर्ष कैदलाई एक–एक वर्ष गरिएको छ । विशेष अदालतको फैसला काट्नुको आधार कानुन के ? फैसलाले सबै भन्छ । यहाँ त महाअभियोगै पनि सुडान र लोकमानको कारणले लगायो भन्ने पनि छन् ।

के कारण थियो त महाभियोग लगाउने ?
महाभियोगको विषयवस्तुमा ९ वटा चार्ज लगाएको छ । त्यो फिर्ता लिएका कारण संसद्ले अधिकार प्रयोग गरेर फिर्ता लिन सक्थ्यो र उसले लियो पनि ।

भरतपुरको मतपत्र तपाईंको डिजाइनमा च्यातिएको भन्छन्, के हो ? बालुवाटारमा बसेर मतपत्र च्यात्ने योजना बनेको हो ?

हामी कानुन व्यवसायी हौं, हामीले संविधान र कानुनको कुरा गर्ने हो । आरोप विभिन्न आउँछन् । त्यस्तो हुने कुरै हुँदैन । फैसला हेरे हुन्छ । प्रधानमन्त्री कार्यालमा बसेर अनि मतपत्र च्यात्ने योजना बनाएर च्यात्ने कुरा कहीँ सम्भव छ ? त्यहाँ त के पनि भनियो भने निर्वाचन आयोगको प्रमुखसँग बसेरै गरियो भन्ने पनि छ । हामी दुवैजनाको सेक्युरिटी छ, त्यस्तो गर्यो भने के थाहा हुँदैन ? फेरि भरतपुरको मुख्य निर्वाचन अधिकृतसँग फोनमा कुरा गरेर मिलाएको भन्ने आरोप छ, मेरो फोन अहिले हेरे पनि हुन्छ । त्यहाँ कसरी च्यात्यो त्यो स्थिति प्रतिवेदकदेखि सुरक्षा निकाय मेयरको उमेदवारले भनेको छ, मुचुल्काहरू गरेको छ । म त भन्छु निर्वाचन अधिकृतलाई त्यही बेलै पिसाब लाग्नुपर्ने, कर्मचारीसँग मिलेर च्यात्यो भनिएको छ, त्यसको खण्डन देवी ज्ञवालीजीले नै बयानमा गरेका छन् । आरोपमात्रै हो, यसमा कुनै सत्यता छैन ।

तपाई महान्यायाधीवक्ता भएपछि ७५ वटा गाडी र १५ वटा मोटरसाइकल किन्नुभयो भन्ने छ, हो ?

सरकारी जिल्लाका वकिलहरूलाई गाडी थिएन । जिल्लामा भएका अन्य कार्यालयहरूकाले गाडी चढ्थे तर सरकारी वकिलले पुलिस र सिडिओसँग लिफ्ट मागेर हिड्नुपथ्र्यो । मैले गाडी जाने सबै जिल्लामा गाडीको व्यवस्था गरिसकेको छु । ७१ वटा जिल्लालाई हामीले गाडी दियौं । आन्तरिक सुधार गर्ने कुरा मेरो दिमागमा जति थियो, त्यो मैले गरिसकेको थिएँ ।

आफ्नो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?

मैले भन्दा पनि सरकारी वकिलले मूल्यांकन गर्ने हो । म एक वर्ष बसेँ महान्यायाधीवक्ता भएर र मैले जुन भूमिका निर्वाह गरेको छु, त्यसले मलाई सन्तुष्टि मिलेको छ । पोजेटिभ र संस्थागत सुधारको लागि फड्को मार्ने हिसाबले काम गरेको छु भन्ने लागेको छ । सरकारी वकिलहरूको सम्मेलन ६५ वर्षपछि गर्यौं । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको सम्मेलन गर्ने काम भयो । आन्तरिक सुधारमा विशेष गरेर सरकारले मुद्दा हाल्ने केही थाहा थियो त्यसमा विशेष गरेर अनुसन्धान गर्ने कुरामा सरकारी वकिलहरू र प्रहरीको बीचमा समन्वय नभएको कारणले गर्दा मुद्दा हारेको आफूलाई महुुस थियो ।

त्यसको बीचमा समन्वय गराउनको लागि हामीले सेन्ट्रल लेभलमा क्षेत्रीय र प्रदेश र जिल्ला लेभलमा समन्वय गरेका छौं । जिल्लाका हरेक कार्यालयसँग हामीले समन्वय गरेका छौं । त्यस्तै, पोस्टमार्टम रिपोर्टका कारणले अथवा डाक्टरका कारणले गर्दा सरकारवादी मुद्दामा सफलता प्राप्त भएको छैन भनिन्थ्यो। त्यो हामीले प्रयास गरिसकेपछि पहिलो पटक स्वास्थय मन्त्रालयका डाक्टरहरूसँग कार्यशाला गोष्ठी गरियो । अनुगमनको लागि हामीले काठमाडौंमै बसेर सबै जिल्लाको हेर्न सक्ने भन्दै सीएमएस अर्थात केस म्यानेजमेन्ट सिस्टम भन्ने सफ्टवेयर सिस्टम डेभलप गर्यौं । त्यसपछि भौतिक सुविधासम्पन्न बनाउने कुरामा जोड दिएँ ।

न्यायालयमै भ्रष्टाचार छ भन्छन्, नजिकै रहेर काम गर्नुभयो, त्यो अवस्था पाउनुभयो त ?

यो प्रश्नै गलत भयो । न्यायालयको भ्रष्टाचारको कुरा धेरै उठेको छ, यसलाई न्यूनीकरण कसरी गर्ने भन्ने सोध्नुस् । भ्रष्टाचारमा न्यायाधीशको मात्रै होइन, कर्मचारीलाई पनि रंगेहात समातेको हो । त्यसले पनि एउटा इन्डिकेसन दिन्छ । यसको न्युनीकरणमा महत्वपूर्ण रोल प्रधानन्यायाधीशको हुन्छ । न्यायाधीशले भ्रष्टाचार गर्यो भने न्यायपरिषदलाई अनुसन्धान गर्ने र मुद्दा चलाउने अधिकार छ । तर अहिलेसम्म १ जनालाई पनि मुद्दा चलेको छैन । केही उजुरी पर्यो भने राजीनामा दिन लगाउने काम हुन्छ । जुन निकायले अधिकार पाएको छ, त्यसले प्रभावकारी ढंगबाट काम गरेको छैन । उन्मूलनको त प्रश्नै छैन । आर्थिक कुराले मात्रै भ्रष्टाचार हुन्छ भन्ने छैन । आफ्नो मान्छेलाई राम्रो ठाउँमा सरुवा गरिदिने, राम्रो पद र ठाउँमा राखिदिने लगायतको कुरा हुन्छ । नियन्त्रण गर्ने निकायले प्रभावकारी काम नगरेर नै हो न्यायालयभित्र विभिन्न किसिमको भ्रष्टाचार मौलाएको ।

तपाई महान्यायाधीवक्ता भएपछि के के महत्वपूर्ण काम गर्नुभयो त ?

महत्वपुर्ण दुईटा काम गरें– एउटा संस्थागत आन्तरिक सुधार तथा व्यावसायीक सरकारी वकिल बनाउने अभियान र अर्को महान्यायाधीवक्ताको काम कर्तव्य अधिकार के छ भन्ने राज्यको निकायहरूलाई बुझाउने । अनि त्यसपछि महान्यायाधीवक्ता भइसकेपछि महत्वपूर्ण मुद्दामा जिल्ला र उच्चमा पनि महान्यायाधीवक्ता जानुपर्छ ।

त्यसैले महान्यायधीवक्ता र सरकारी वकिलहरूको व्यावसायिक हैसियत के हो र यसले के के गर्नुपर्छ, सरकारी वकिलहरूको अभियोजन नीति लगायत धेरै नीतिहरू ल्यायौं । प्राविधिमैत्री बनाउने काम गर्यौ । सरकारी वकिल र महान्यायाधीवक्ताको भूमिका धेरै महत्वपूर्ण छ भनेर सबैलाई महसुस गराउनेदेखि लिएर मैले संस्थागत र भौतिक सुधार गरेको प्रयास गरेको छु । अर्को महत्वपूर्ण भनेको अनुसन्धानकर्ता र अभियोजनकर्ताको बीचमा समन्वय थिएन तर अहिले यति धेरै समन्वयको काम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah