नेपाली टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको छ । नेपाल आइडल अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको गायन प्रतियोगिता हो । विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा ६ जना प्रतियोगी रहेका छन् ।

अहिले ‘टप सिक्स’ मा सागर आले, सुजाता पाण्डे, निशान भट्टराई, सुरज थापा, बुद्ध लामा र प्रताप दास रहेका छन् । दर्शकको भोट नै निर्णायक हुने भएकाले अहिले प्रतियोगीहरु विभिन्न सामाजिक सञ्जालबाट भोट माग्न व्यस्त छन् । तराईमा आएको बाढी र पहाडमा गएको पहिरोका कारण पनि धेरैले यो प्रतियोगिता हेर्न पाएका छैनन् ।

‘टप सिक्स’ मा पुगेका प्रतियोगीहरुमध्ये निशान भट्टराईले भने बाढी पहिरोले देश पीडामा रहेको बेला नेपाल आइडलको मञ्चमा उभिनुपर्दा दुखी भएको कुरा फेसबुकमा लेखेका छन् ।

देश पीडामा भएका बेला आफूले केही गर्न नसकेको भन्दै उनले लेखेका छन्, ‘थुप्रै घरपरिवार विस्थापित हुनुभएको छ, थुपै परिवारहरु आफन्त गुमाएको पीडामा हुनुहुन्छ । यो सब देखेर मेरो मनमा अत्यन्तै पीडा भइरहेको, छटपटी भइरहेको छ ।’

उनले सबै दर्शकहरुलाई  सुरक्षित रहन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सबभन्दा पहिला यहाँहरु सबैजना सुरक्षित र पीडामुक्त भएको सुन्न र देख्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah