मुम्बई- दक्षिण भारतीय फिल्म 'बाहुबली'को सफलतापछि चर्चामा आएका प्रभासको आगामी फिल्म 'सोहा' हो। फिल्मको उनको अपोजिटमा कुन नायिका हुन्छिन् भन्ने यकिन थिएन। बलिउड अभिनेत्री क्याटि्रना कैफदेखि लिएर अनुष्का सेठ्ठीसम्मका नाम आए पनि अन्तिममा अभिनेत्री श्रद्धा कपुरकै पक्षमा निर्णग भएको छ।

भारतीय सञ्चारमाध्यममा यतिबेला श्रद्धा अनुवन्धित भएको भन्दा पनि उनले लिएको पारिश्रमिकको चर्चा चुलिएको छ। उनले फिल्मका लागि चार करोड पारिश्रमिक लिएकी छन्। फिल्मका निर्माता बामसी र प्रमोदसँग नौ करोड पारिश्रमिकको सहमति गरिए पनि प्रारम्भिक चरणमा उनले चार करोड लिएकी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बलिउडको सफल अभिनेत्री बनिसकेकी श्रद्धाले उनको पारिश्रमिक बढाउनुलाई सबैले सामान्य रूपमा लिएका छन्। यो बाहेक प्रभाससँग रोमान्स गर्न पाउनु पनि उनका लागि पारिश्रमिक भन्दा महत्वपूर्ण भएको समाचारमा जनाइएको छ। यो फिल्ममा अनुवन्धित हुनुअघि श्रद्धाका विरुद्धमा आवाज नउठेका होइनन्।

फिल्म 'साहो'को सुटिङ यसै महिनाबाट सुरु हुँदैछ। यसको अधिकांश दृश्य हैदराबादको रामोजी फिल्म सिटीमा खिचिनेछ। यसबाहेकका केही दृश्य आबुधाबी र रोमानियामा पनि खिचिनेछ। केही सयमअघि सार्वजनिक फिल्मको टिजरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।

यो फिल्म १ सय ५० करोडको बजेटमा निर्माण गरिनेछ। यसमा अभिनेता निल नितिन मुकेश भिलेन चरित्रमा देखिनेछन्। हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण गरिने यो फिल्म आगामी वर्ष रिलिज गरिनेछ। 'बाहुबली'को सफलतापछि प्रभासको स्टारडम उत्तर भारतमा राम्रै चम्किइरहेको छ।