काखमै उठ्दै र पछारिँदै गरेको छोरालाई गीता सहनीले थुम्थुम्याउन थालिन् । उनले कहालिँदै रुँदै गरेका २ वर्षीय छोराको कपाल मुसारिन् अनि भनिन्, ‘नई रोऊ बौवा, सब ठीक भ्या जेते’ (नरोऊ छोरा, सब ठी हुन्छ) ।

बच्चा रुन छाडेन । हिलोमा आधा भासिएको खाटमा बसेकी गीताले जीउ बटारिन् । साडीको सप्कोले छोराको मुख छोपेर दूध चुसाउन थालिन् । दुई घन्टादेखि त्यही खाटमा बसेकी गीता र छिमेकी खोलामै बिलाएका आफ्ना घर खोज्दै टोलाएका देखिन्थे ।

गाउँका अरू महिला पनि निन्याउरो मुख लगाएर बाढीपछिको आफ्नो टोलको हविगत हेर्दै थिए । राहत बाँड्न एउटा टोली नर्फंदै अर्को टोली पुग्ने क्रम चलिरहेको थियो । दाल, चामल, चाउचाउ, दालमोठ र भुजा पाएको खुसीभन्दा उनीहरूलाई बाढीमा हराएको घरको पीर रहेछ । धेरै बाढीपीडित अब कसरी फेरि घर बनाउने भन्ने चिन्तामा रुमलिएका छन् ।
‘यही खोलाले मेरो घर निल्यो, भएभरका सरसामान बगाइदियो’, गीताले दुखेसो गर्दै भनिन्, ‘आधारातमा छाडेर हिँडियो, अब आफ्नो भन्नु केही नै छैन, कसरी बाँच्नु ? छोराछोरीलाई कहाँ सुताउनु ? ’

गत शनिबार विराटनगर–१, गंगाटोलमा सिंघिया खोला पक्की पुलको रेलिङ माथिबाट उर्लिएको थियो । त्यही भेलले ८० मध्ये ६५ घरको नामोनिसान मेटाइदियो । निमेषभरमै उक्त टोल बगर बन्यो । बाढी घटेपछि धेरै स्थानीय टोलमा फर्किए तर हिलो–लेदोबाहेक उनीहरूले केही भेटेनन् ।

बाँधमा बसेको गंगाटोल वरिपरि सिंघियाले कटान गरेको छ । खोला झन् चौडा भएको छ । बस्ती पुग्ने बाटो छैन । हिलो र लेदोले पूरै बस्ती छोपेको छ । छाप्राको अवशेषका रूपमा भाँचिएका बाँसका खाँबाखुट्टी मात्र देखिन्छन् । गैरसरकारी संस्थाले निर्माण गरिदिएको पक्की शौचालय जस्ताको तस्तै छन । तर, स्थानीयको आफ्नो सम्पत्ति भन्नु केही पनि बाँकी छैन । बस्ती नै उजाड बनेपछि उनीहरू खोला डिलबाट बगरमा बसाइँ सर्न बाध्य भएका छन् ।

खोलामा बाढी घटेकाले त्यही बलौटे धापमा बाँसका खाँबाखुट्टी गाडेर छाप्रो हालेका छन् । सरसमान थुपारेका छन् । ‘खोलाको डिल थियो अब बगर बन्यो, यहीं घर नबनाएर कता बनाउनु त ? ’, स्थानीय लंकु सहनी भन्छन्, ‘हामी अब कहाँ बस्ने हो ? सरकारले ठाउँ देखाइदिनुपर्‍यो ।’

खोलाको डिल थियो अब बगर बन्यो, यहीं घर नबनाएर कता बनाउनु त ? हामी अब कहाँ बस्ने हो ? सरकारले ठाउँ देखाइदिनुपर्‍यो ।’ -लंकु सहनी, बाढीपीडित

टोलका बासिन्दा बगरतिर बस्न थाल्दा सानो बाढीले नै फेरि बगाउने खतरा बढेको छ । छाप्रानजिकै भएर खोला बगेको छ । तर, जोखिम मोलेर बाढीपीडितले फेरि अस्थायी आवास बनाएका हुन् । स्थानीय सरिता सहनी बाढीपछि बिरामी परिन् । एकसरो कपडामा विद्यालयको टहरोमा पाँच दिन र रात बिते । अरू छिमेकीको हालत पनि उस्तै थियो । ‘चार दिनसम्म पानी बिराएन,’ उनले भनिन्, ‘हे ! भगवान् यो संकटबाट बचाऊ भन्दै प्रार्थना गर्दै बसें ।’ बिरामी भएको एक सातापछि मात्र शुक्रबार टोलमै पुगेका स्वास्थ्यकर्मीसँग उनले स्वास्थ्य जाँच गराइन् । काखकी छोरीलाई पनि चिकित्सकले जाँच गरेर औषधि दिए ।

विराटनगर महानगरपालिकाका अनुसार सहरी क्षेत्रमै सात हजार व्यक्ति बाढीबाट विस्थापित भए । तीमध्ये धेरै आफ्नो बसोबास भएको ठाउँमा फर्किसकेका छन् । तर, उनीहरूको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ ।

‘राहत तथा उद्धारको काम लगभग सकिएका कारण अब पुनःस्थापनातर्फ काम अघि बढाएका छौं’, महानगरका मेयर भीम पराजुली भन्छन्, ‘क्षतिको विवरण र लगत संकलन गर्ने काम भइरहेको छ ।’ बाढीप्रभावितलाई मन्दिर, सार्वजनिक स्थल र विद्यालयबाट फर्काइए पनि उनीहरू जोखिममा रहेकाले महानगरले मात्र व्यवस्थापन गर्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah