नुनुता रार्इ
उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ । त्यसवेला उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने म केन्द्रीय महासचिव । संगठनमा सँगै काम गर्दै जाँदा एक अर्कालाई बुझ्यौँ । संगठनकै कामले हामी नजिक भयौँ । हामीलाई राजनीतिले जुराएको हो ।
एक वर्षसम्म हामीले संगठनका नाताले मात्र काम गर्याैं। पछि बिस्तारै एकअर्काका लागि ठीक छौँ कि भन्ने लाग्न थाल्यो । मलाई उषाजी मेरा लागि र उषाजीलाई म पनि ठीक छु भन्ने लाग्याे ।
एक वर्षसम्म हामीले संगठनका नाताले मात्र काम गर्याैं। पछि बिस्तारै एकअर्काका लागि ठीक छौँ कि भन्ने लाग्न थाल्यो । मलाई उषाजी मेरा लागि र उषाजीलाई म पनि ठीक छु भन्ने लागिरहेको थियो । हामी संगठनको जिम्मेवार स्थानमा थियौँ । त्यसले गर्दा संगठनको काम नै धेरै हुन्थ्यो । हामीलाई ठीक लाग्न थालेको केही समय हामीले एक–अर्कालाई बुझ्यौंँ । त्यसपछि २३ फागुन ०५८ मा आपसी सल्लाहमा विवाह ग¥यौँ ।

हामीबीच म तपाईंलाई मन पराउँछु, आई लभ यु भन्नेजस्तो केही पनि भएन । एकअर्काका लागि ठीक छौँ भन्ने भयो, कुराकानी भयो अनि विवाह ग¥यौँ । न त कतै घुम्न नै गयौँ । प्रायः हामीबीच संगठनकै कुरा हुन्थ्यो । कहिले पनि हामीबीच भावनाको कुरा भएन । हामीमा एक–अर्काप्रति भरोसा भएर पनि होला । विवाह भएपछि पनि हामी राजनीतिमा नै सक्रिय छौँ । जसका कारण उहाँ ०६४ मा सभासद् हुनुभयो ।
अहिले हाम्रो विवाह भएको १६ वर्ष भयो । एकै क्षेत्रमा भएकाले पनि एक–अर्काको काम र जिम्मेवारी राम्ररी बुझेका छौँ । समस्या आउने कुरै छैन । शंका पैदा हुने भन्ने कुरा पनि फरक–फरक फिल्ड, काम र जिम्मेवारी नबुझ्दा हुने हो । त्यो हामीमा छैन । एक–अर्काप्रतिको सम्मान र विश्वास अझै उस्तै छ । म उहाँलाई अहिले पनि तपाईं नै भन्छु । पहिला–पहिला अरूले सुनेर अनौठो मान्थे । अहिले त कतिपय कामरेडले पनि सिक्नुभा’छ । भन्नुहुन्छ, ‘तपाईंहरू बोलेको सुनेर हामी पनि यसरी नै बोल्छौँ ।’
हामीबीच म तपाईंलाई मन पराउँछु, आई लभ यु भन्नेजस्तो केही पनि भएन । एकअर्काका लागि ठीक छौँ भन्ने भयो, कुराकानी भयो अनि विवाह गर्याैं। न कतै घुम्न नै गयौँ । प्रायः हामीबीच संगठनकै कुरा हुन्थ्यो ।
कहिलेकाहीँ पार्टीको कामले महिनौँ भेट हुँदैन । कहिले उहाँ राति ढिलो घर आउने, कहिले म भइरहन्छ । यस्ता कुराले हाम्रो जीवनमा फरक पार्दैन । किनकि हामीले एक–अर्कालाई राम्ररी बुझेका छौँ । उषाकलाजी अनेम संघको केन्द्रीय सदस्य र प्रदेश नम्बर १ को पार्टीको सदस्य पनि हुनुहुन्छ । अस्ति स्थानीय तहको निर्वाचनमा उहाँ आफ्नो जिल्ला खोटाङमा खट्नुभयो भने म सिन्धुपाल्चोक । उहाँ आफ्नो जिल्लामै सक्रिय हुनुहुन्छ, म मेरै जिल्लामा । एक–अर्कालाई सल्लाह, सुझाब लिने–दिने गर्छौं । यसले हाम्रो राजनीतिक जीवनलाई सहज बनाउँछ ।
कहिलेकाहीँचाहिँ पार्टीगत अवसरको कुरा आउँदा अलिकति समस्या हुँदोरहेछ । कस्तो भने उहाँ पनि सक्षम, म पनि सक्षम हुँदा एउटै घरको दुईजनालाई किन ? भन्नेजस्ता प्रश्न आउँछ । जस्तो ०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फ उहाँ पनि खोटाङबाट योग्य उम्मेदवार, म पनि सिन्धुपाल्चोकबाट योग्य उम्मेदवार । टिकट पाउने वेलामा ‘एउटै परिवारको किन ?’ भन्ने पार्टीबाट कुरा उठ्यो । यस्ता कुराले चाहिँ अलि अप्ठ्यारो पार्दोरहेछ । तर, हामी कसका लागि महत्वपूर्ण छ भन्ने बुझेर समझदारीमा को अगाडि आउने र को पछाडि सर्ने भनेर निर्णय गर्छौं ।
कहिलेकाहीँचाहिँ पार्टीगत अवसरको कुरा आउँदा अलिकति समस्या हुँदोरहेछ । कस्तो भने उहाँ पनि सक्षम, म पनि सक्षम हुँदा एउटै घरको दुईजनालाई किन ? भन्नेजस्ता प्रश्न आउँछ ।
अहिले हाम्रा दुई छोरा छन् । कहिलेकाहीँ छोराहरूलाई समय नदिँदा उनीहरूमा एकांकीपन बढेको हो कि भन्ने लाग्छ । दुवैजना राजनीतिमा सक्रिय भएकाले सँगै बसिरहन नपाउँदा कतिपय कुरा बुझाउन नसकिएको हो कि भन्ने भान हुन्छ । हामीले हाम्रा छोरालाई फरक थर दिएका छौँ, तारा ।
उनीहरूको नागरिकता पनि यसैअनुरूप दिनका लागि संघर्ष गर्ने अठोट गरेका थियौँ । अब त संविधानले नै सुनिश्चत गरिदियो, समस्या छैन । तामाङ र राई हाम्रो थरबाट छोराहरूको थर तारा बनाएका हौँ । अहिले हाम्रो वैवाहिक सम्बन्ध प्रेम, विश्वास र एक–अर्काप्रतिको सम्मानले चलिरहेको छ । नया पत्रिका बाट



