सभामुख महोदय 

यस गरिमामय सदनसमक्ष केही कुरा राख्न उपस्थित भएको छु ।

सभामुख महोदय

मैले सञ्चारमाध्यमबाट सुनेको छु । सम्माननीय प्रधानमन्त्री भोलि बिहान भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारत भ्रमणमा देशको प्रधानमन्त्रीको हैसियतमा जाँदै हुनुहुन्छ । संसदको अधिवेशन चालु रहेको अवस्थामा किन जाँदै हुनुहुन्छ ? भन्ने कुरा सदनलाई जानकारी गराउने र विश्वास लिने काम गर्नुपर्थ्यो । तर सम्मानीय प्रधानमन्त्रीले जानकारी गराउन रुची देखाउनुभएन ।
कुनै सार्वजनिक महत्वको काम गर्दा पनि मन्त्रीले संसद्मा जानकारी गराउनुपर्छ गराउने चलन पनि छ ।
प्रधानमन्त्रीको भारत भ्रमण मानिलिउँ केही होइन, सदनलाई जानकारी गराउनैपर्दैन भनेजस्तो गर्नुभएको छ । यो जिम्मेवारी बोधको अभाव हो । यसमा अलिकति नरमाइलो र बेठिक लागेको छ । अर्को कुरा प्रमुख प्रतिपक्षलाई पनि थाहा छैन ।

सत्तापक्षलाई त थाहा होला । प्रतिपक्षसँग कुनै सल्लाह भएको छैन । प्रतिपक्षको सरोकार नभएको विषय प्रधानमन्त्रीको भ्रमण हुन्छ भन्ने मलाई लाग्दैन । विषय त्यस्तो होइन ।
प्रतिपक्ष संवैधानिक हैसियत भएको संसद्को पनि अंग हो । यस प्रणालीमा सत्तापक्ष र प्रतिपक्ष मिलेरै यो प्रणाली बनेको हो ।  यसमा सत्तापक्षको अत्यन्तै उपेक्षाभाव र आफुले जे गरे पनि हुन्छ भन्ने भाव देखियो । अरुलाई गन्नैपर्दैन भन्ने भाव देखियो ।

प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ भन्ने बाहिरबाट सुनिएको छ । सत्तापक्ष र वरिष्ठ मन्त्रीको सिट यहाँ संसदमा खाली छ । आज फेरि मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ भन्ने सुनिएको छ ।
एक दुई जना यसो उपस्थित हुनुहुन्छ । संसद् सञ्चालनलाई मन्त्री चाहिने भएर मात्रै कर्मकाण्डीय उपस्थिति देखिएको छ ।  तैपनि प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणमा जानुअघि एमालेको तर्फबाट केही सुझाव दिन चाहन्छु ।

तात्कालिन समस्या 

बाढी र डुबानबाट १४९ जनाको ज्यान गइसकेको छ । दशौं हजारको संख्यामा बेघरबारको अवस्था छ । घरहरु विस्थापित भएका छन् । जिउधनको क्षति भएको छ । गाउँघर डुबानमा छन् । त्यस प्रकारको अवस्था छ । डुबान प्रमुख समस्या हो । सरकारको भनाई के छ ? अस्ति एकजना मन्त्रीको भनाई पनि सुनियो । सबै ढोका खोल्दा छिमेकीलाई असर पर्छ । हामी डुबेर के हुन्छ र ? छिमेकलाई असर पर्ने काम गर्नुहुँदैन भन्नुभयो । त्यही सरकारको आधिकारिक हो कि फरक धारणा छ ?

डुबानको समस्या कसरी पैदा भएको छ ? कति जानकारीयुक्त ढंगले नै भएको होलान् । यस्ता कुराहरुलाई कसरी व्यवस्थित गर्ने ? भन्ने बारेमा प्रधानमन्त्रीले छलफल गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय कानुनविपरित, नेपाललाई कुनै जानकारी नगराएर भारतले बाँध बाँधेको हुँदा डुबानमा परेको छ । सरकारले यसमा कसरी समाधान र उठान कसरी गर्ने ? नेपाली जनता यो विषयमा सरकारको धारणा सुन्न चाहन्छ ।

यि बाँधको विषयमा सरकारले गम्भीरतापूर्वक सुन्नुपर्छ । अन्तर्राष्ट्रिय कानुन र प्रचलनविपरित तयार पारिएका बाँधका बारेमा के गर्ने ? ति बाँध हटाउने कि नहटाउने ?

एकतर्फी र कानुनविपरितका गैरकानुनी ढंगले तयार पारिएका असरबाट मुक्त गर्ने कि नगर्ने ?

नेपालको हितमा, न्यायको पक्षमा, नेपाल र भारतबीच नमिठोपन नरहनेगरी र मैत्रीपूर्ण, भावनात्मक निकटता ल्याउनका लागि तिनीहरुको व्यवस्था कसरी गर्ने भन्ने विषयमा छलफल गर्नुपर्छ ।

बाँध हटाउने कि स्थानान्तरण गर्ने भन्ने बारेमा छलफल गर्नुपर्छ । नेपालको समेत सहमतिमा अन्तर्राष्ट्रिय कानुनबमोजिम बनाउन सुझाव दिनुपर्छ ।

पुराना सन्धी सम्झौताका बारेमा छलफल हुनुपर्छ । असमान पुनरावलोकन हुनुपर्छ भनेका छौं । हिजो सन्धी भए होलान् तर आज आफ्नै देशका कतिपय कानुन पनि अद्यावधिक भएका छन् । पुनरावलोकन र अद्यावधिक गर्नुपर्ने विषय गर्नैपर्छ । आजको आवश्यकताअनुसार नेपालको हितमा हुने गरी ति कुराहरु अघि बढाउनुपर्छ ।

अर्को कुरा, ‘सीमारेल’ शब्दावली पनि ठिक छैन । भारतमा भारतको  र नेपालमा नेपालको रेल चल्छ । सीमानासम्म हाम्रा रेल जान्छन् उताका पनि आउन सक्छन् ।

अर्को एउटा कुरा, 

केही अघि मात्रै सुनेका हौं । सरकारले टिप्पणी गरेको पाइएन । उर्जाका बारेमा । आफ्नो लगानी नभएको उर्जा भारतले नकिन्ने भन्ने विषय सुनेका हौं । नेपाल र भारतबीचको व्यापार पारस्परिक लाभका आधारमा गर्नुपर्छ । हामीले वैदेशिक लगानी आकर्षित गर्नुपर्छ । उर्जा यहाँबाट अमेरिकामा पठाउन सक्दैनौं । छिमेकमै पठाउने हो । आफ्नो लगानीबाहेकको नकिन्ने हो भने उर्जा नै किन्दैनौं भने के हुन्छ र ?

अमेरिका वा चीनले लगानी गरेको उर्जा भारतले नकिन्ने भनेपछि हामीले नै लगानी गरेको पनि किन्ने अवस्था हुँदैन होला । या त सबै भारतलाई नै दिनुपर्यो । यो विषय नै अनुपयुक्त छ । भारतले यस्तो नीति सच्याउनुपर्छ । यो नेपालको हितमा छैन । यसले नेपालको उर्जा विकासमा व्यवधान पुर्याउँछ । वैदेशिक लगानीलाई समस्या पैदा गर्छ ।

सभामुख महोदय,

रासायनिक मलको कारखाना नेपालमा बनाउने भन्ने सुनेको छु । पहिले रासायनिकमा जोड दिइन्थ्यो । अब प्रांगारिक मलका बारेमा सोच्नुपर्छ ।  पेट्रोलियम पदार्थ र डिजलमा कम जोड दिएर विद्युत उत्पादनमा जोड दिनुपर्छ । विद्युत बिक्री मात्रै होइन, खपत नै बढाउनुपर्छ ।

रासायनिक भन्दा अर्गानिक मलमा ध्यान दिनुपर्छ । यसका लागि वृहत योजनाविना फटाफट गर्ने भनेर फस्नुहुँदैन । हामीले प्रवुद्ध व्यक्तिको समूह बनाएका छौं । त्यसले काम गरिरहेको छ । अहिले १९५० को सन्धी पुनरावलोकनमा छलफल भएको छ । संवाद प्रगतितर्फ गएको छ भन्ने सुनिएको छ । त्यसलाई त्यसैगरी अघि बढाउनुपर्छ । महाकाली सन्धी लगायतका सन्धीलाई पनि नेपालको हितअनुकुल अघि बढाउन जरुरी छ ।

कोशी बाँध भत्किएका बेला, पूर्वतिरबाट कोशी गएका बेला हेर्न भनेर राखेको कार्यालय विराटनगर सारियो तर त्यसलाई सम्पर्क कार्यालय भनेर राखियो । त्यसले अनधिकृत काम गरेको छ । सार्वभौम राष्ट्रको अवमुल्यन हुने गरी बल मिच्याई व्यवहार गर्न मिल्दैन । तर त्यस्तै भएको छ । सरकारले भन्दा पनि कार्यालय हटाइएको छैन । यसबारेमा प्रधानमन्त्रीले कुरा गर्नुपर्छ ।

सीमा क्षेत्रमा गोविन्द गौतमको हत्या भयो । यसले मनलाई अमिलो बनाउँछ । पीडाजन्य कुरा नहोस् भनेर किन भन्न सक्दैनौं ?  हामी  हाम्रा कुरा भन्न हिच्किनुपर्दैन । आफ्ना हकअधिकारका कुरा जायज कुरामा हच्किनुपर्दैन ।

सुपुर्दगी सन्धीका बारेमा 

कानुनी सहायताका नाममा एकदेशको कानुन व्यवसायी अर्को देशमा गएर बहस गर्ने व्यवस्था पहिले थियो । यो ठिक हुँदैन भनेर नेपालले भनेको थियो । यो आवश्यक नै छैन । कानुनी सहायता अन्तर्गत यो व्यवस्था हुनुहुँदैन ।
तेस्रो देशको नागरिक दोस्रो देशलाई सुपुर्दगी गर्ने कुरा पनि कदापी हुन सक्दैन । तेस्रो देशको नागरिकले अपराध गर्यो भने हामी आफ्नै देशमा कारवाही गरौंला तर दोस्रो देशमा बुझाउने काम गर्नुहुँदैन ।

छिमेकीको विवाद 

हाम्रो सम्बन्ध दुवै छिमेकीसँग बराबर हुनुपर्छ ।  छिमेकीका विवादमा हामी तटस्थ बस्नुपर्छ । यसमा छिमेकीले नै शान्तिपूर्ण निकास निकालुन् भनेर हामी सुझाव दिन सक्छौं ।
एउटाको पक्ष र अर्कोको विपक्षमा हामी बस्दैनौं । अहिले  पनि कायम रहनुपर्छ ।

हामी सार्क राष्ट्रको अध्यक्ष हौं । धेरैवर्षदेखि सार्कले काम गरिरहेको छ । समस्या समाधानका लागि बेला बेला योगदान गरेको थियो । दक्षिण एसियाको विकास कसरी गर्ने भन्ने छलफल पनि भएको थियो । त्यसो भए पनि सकारात्मक योगदान गरेको छ । जतिबेला हामीले अध्यक्षता गरेका छौं, यो सफलतापूर्वक हस्तान्तरण गर्नुपर्छ ।
छिमेकीको तनावका कारण सम्मेलन रोकिएको छ । अध्यक्षको हैसियतमा पनि कुरा राख्नुपर्छ ।

नेपाली जनता अहिले पीडामा छन् । डुबानमा छन् । आफन्त र सिँगै परिवार बगेको छ । आफ्ना सन्तानलाई पानीमा बगाउनुपर्ने अवस्था छ । बचाउ बचाउ भनेर रुख र बाँधको डिलमा बस्नुपर्ने अवस्था छ । जुन तदारुकता देखिनुपर्ने हो देखिएको छैन । तर सरकारले प्रतिपक्षलाई पनि विश्वासमा लिने आवश्यकता देख्दैन ।
राज्यको ढिकुटी भनेको मानिलिउँ उहाँहरुको निजी हो जस्तो गर्नुभएको छ । प्रतिपक्षलाई केही जानकारी छैन । निरीक्षणमा जाँदा सत्तापक्ष र प्रतिपक्ष दुवै जान्थे । गाडीमा जान बाटो चल्दैन ।  सरकार हेलिकप्टरमा गएर राजनीति गर्छ । सरकारी हेलिकप्टर सत्तापक्षको निजी हो भन्ने ढंगले व्यवहार गरिएको छ । राहत पनि सत्तापक्षले घरबाट ल्याएर वितरण गरेको जस्तो व्यवहार गरेको छ । दुखका बेला पनि राजनीति गरिएको छ ।  आउने चुनावका लागि प्रयोग गर्न खोजिएको अनुभव भएको छ । त्यस्ता कुराहरु नगर्नु राम्रो हो । लोकतान्त्रिक प्रणालीभित्र यि कुराहरु पर्दैनन् ।

उद्धार र राहतका कामहरुमा सरकारले गम्भीरता लिओस् । प्रतिपक्ष सदैव सरकारको पक्षमा साथ दिन तयार छ ।  हामीले पनि सरकारी कोषमा जम्मा गरेका छौं तर सरकारले आफ्नोजस्तै गरेको छ ।

असोज २ गतेका लागि स्थानीय तहको निर्वाचन हुँदैछ । सरकारले राम्ररी भनेको छैन । स्थानीय तहको संख्या र सीमा निर्धारणको काम छ कि बाँकी छ ?
सरकारले भन्यो भने कमसेकम ढुक्क हुन पाइन्छ । कति हुने हो अहिलेसम्म टुंगो छैन । निर्वाचन १२, १३ दिनपछि मनोनयन दर्ता हुँदैछ । कुन सीमानाभित्र पर्छ ? कहिलेसम्म पाउने र कहिलेसम्म नपाउने ?  राज्यका अंगहरु पनि यसको जवाफ दिने हैसियतमा छैनन् ।

सभामुख महोदय 
मंसिर १० गते दुवै निर्वाचन एकैपकट गर्ने भनिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन ऐन चाहियो । ऐन नै नभई के मा निर्वाचन गर्ने भन्ने प्रश्न उठाएको छ । प्रतिपक्षको कारणले ऐन नबनेको होइन । हामीले छिटो गरौैं भनेका छौं । कानुन उहाँहरु अड्काउने तयारीमा हुनुुहुन्छ । किन पास हुँदैन ? म सोध्न चाहन्छु ।

जुन कुरा अहिले चाहिएको छैन । त्यो उहाँहरुलाई अहिले नल्याइ भएको छैन । तर तत्काल चाहिएको कुरा सरकारको कारणले यि ऐन अल्झिएका छन् । किन अघि बढेका छैनन् ?

हुनत यहाँ चलन प्रतिपक्षलाई अपजस लगाइदिने चलन छ । डा. गोविन्द केसीको अनशन भयो प्रतिपक्षलाई आरोप लगाइदिए भयो ।

अहिलेको विपक्षले नै त्यो ऐन पेस गरेको थियो । अहिलेसम्म राखियो । प्रतिपक्षले पास गरौं भनेर भनियो । यथोचित ढंगले परिमार्जन गरेर पास गर्न सकिन्थ्यो । सत्तापक्ष नै तयार भएन । तर आरोप लगाइयो, प्रतिपक्षले मानेन भनेर । जे पनि प्रतिपक्षलाई दोष लगाउने ? हिजो संविधान संशोधन प्रस्ताव असफल भयो तर प्रतिपक्षमाथि आरोप लगाइएको छ ।

पहिलेदेखि नै भन्दै आएका छौं । यो अपरिवर्तनीय विषय होइन । देशको लोकतन्त्रको पक्षमा, एकताको पक्षमा संविधान संशोधन हुन सक्छ यो नसक्ने होइन । हामीले छलफल गरौं भन्यौं । छलफल गरेर प्रस्ताव ल्याउँ भनेर भन्यौं ।

हामीले हतार नगरौं भनेर भनेका थियौं । चुनावपछि छलफल गरेर गरौं भन्यौं । सहमतिका साथ जान सकिन्छ भन्यौं । बेग्लै उद्धेश्यबाट गुपचुप अचानक ल्याइयो । हामीले फेल नगराउँ भनेर पटक पटक भन्यौं । तर मान्य भएन । एमालेका विरुद्ध राजनीति गरिन्छ ।

असोज २ गतेको चुनाव हेरेर ल्याइएको होइन र ? जानी जानी ल्याइएको होइन र ? अनि एमालेलाई दोष लगाए भयो ।

यसमा कसैले राजनीति गर्न नखोजे हुन्छ । नेकपा एमालेले नेपालको हितमा, मधेसी जनताको  हितको पक्षमा त्यो संशोधन प्रस्ताव थिएन त्यसैले फेल गरायो । यसमा लुकाउनुपर्ने कुरा केही छैन ।

भाषिक हिसावले मैथिली, भोजपुरीविरुद्ध आएको छ । एमालेलाई अन्यथा मान्नुपर्ने कुनै कारण छैन । एमाले नेपाल र नेपाली जनताको पक्षमा छ । एउटा जात, भुगोल, पेशा विशेषको होइन साझा पार्टी हो ।

साझापनका साथ आफ्ना विचार र धारणा अघि बढाएको छ ।  हामीले पहिलेदेखि नै भनेका थियौं  । स्थानीय तह र राष्ट्रियसभाको सम्बन्ध संविधानमा व्यवस्था गरेका छौं ।
त्यसलाई कटाएर फाइदा के लिन खोजेको त ? तलका जनताले माथि भोट हाल्नुपर्छ कि पर्दैन ? जनताले हाल्नुपर्छ भने प्रतिनिधिले हाल्नु कसरी अनुचित भयो ? त्यो लोकतन्त्रलाई संकृण बनाउन खोजेको होइन र ? त्यसैले हामीले अस्वीकृत गरेका हौं । २ नम्बर प्रदेशका प्रतिनिधिले भोलि के भन्लान् ?

संशोधनमाथि धेरै सत्तापक्षका माननीयलाई पनि चित्त बुझेको थिएन । दलीय संलग्नताले त्यो सत्य र विवेकभन्दा बढी भयो । द्विविधा भयो भने छातीमा हात राख्ने भन्ने थियो । माटो समातेर सोध्ने भन्ने थियो ।

यस्तो थुप्रै कुरा थिए । नेपालको एकतालाई,  मिलेर बस्छु भन्नेलाई जवाफ हो भन्ने पनि सुनेँ । यो संसदलाई नमन गर्न चाहन्छु । राष्ट्रियताको पक्षमा हिजो फैसला गर्यो । यो सदनले स्वाधिनताको पक्षमा उभियो । भोट तलमाथि भयो होला । जे निष्कर्ष निकाल्नुपर्ने थियो । त्यही निकाल्यो ।

परिणाम स्वीकार्नेगरी प्रकृयामा सहभागी भयौं । संविधानको सर्वस्वीकार्यकताको कुरा थियो । हिजोदेखि यो सर्वस्वीकार्यता भएको छ । हामी सबै प्रकृया र प्रणालीमा सामेल छौं । यो नै सबैभन्दा ठूलो कुरा हो । हामी प्रकृयामा सहभागी छौं । परिणाम हामी स्वीकार गर्छौं । संविधान निर्माणका बेला केही साथीहरु केही कारणले उपस्थित नभए पनि हिजोदेखि सहभागीता सर्वस्वीकार्यकता बढेको छ ।

सभामुख महोदय 

म सरकारमा जाँदा नाकाबन्दीको अवस्था थियो । केही नचलेको अवस्था थियो । कानुन नभएको अवस्थामा तत्कालिन सरकारका विरुद्ध धुमधाम भूकम्पपीडितको सम्बन्धमा केही भएन भन्ने आवाज उठेको थियो ।

मैले सपथ ग्रहण गर्दासम्म केही भएको थिएन । पुस ५ गते कानुन पास गरेर १० गते प्राधिकरण बनायौं तर आज यति समय वितिसक्दा पनि पीडित प्लाष्टिकमुनी नै छन् ।
हिजो चर्का कुरा र संवेदनशीलता देखाउने आज सरकारमा हुनुहुन्छ । सोध्न चाहन्छु आज के गर्दै हुनुहुन्छ ? यो भन्ने कुरा हुन् कि गर्नुपनि पर्छ ? प्राधिकरण छ कि छैन ?
विपद जोखिम व्यवस्थापन सम्बन्धी कानुन छिटो पास गरौं । प्रतिपक्ष सधैँ तयार छ सरकारसँग मिलेर काम गर्न । तर सरकार त्यसमा तयार देखिँदैन ।

सभामुख महोदय 

नेपाल एउटा अचम्मको देश भयो । हिजो सर्वोच्चबाट एउटा पार्टी विभाजनको विषयमा फैसला आयो ।
अदालतको शक्ति पृथकीकरणको भूमिकाप्रति लोकतान्त्रिक प्रणालीमा आम जनताले निष्पक्षताको भूमिका अपेक्षा गरेका हुन्छन् । सोही अनुसार भएको छ  त ?
अस्तिका दिनमा निर्वाचन आयोगले सनाखतका लागि बोलाएको समयमा आएनन् । हिजो सम्मानित अदालतबाट फैसला आयो  । फेरि दोहार्याउन परेन भनेर भन्छ । यो नेपाली जनताले बुझ्नेगरी त हुनुपर्यो नि ।
एउटा संस्थाले भनेको छ सनाखत भएको छैन भनेर अर्को संस्थाले भन्छ पर्दैन । क्षणिक लाभका लागि लोकतन्त्रको दुरुपयोग हुनुहुँदैन । लोकतन्त्रका आधारभूत मुल्य, मान्यता र संवैधानिक हैसियत र राज्यका अंगको बीचमा सन्तुलन र नियन्त्रण कायम गर्नुपर्छ ।  कसैले कसैलाई अन्याय गर्न नपाओस् ।

लोकतन्त्रका लागि हामी बलिदानी दिएर आएका हौं । त्यसैले सरोकार छ । मेरो पुस्ता पनि लोकतन्त्रका लागि बलिदानी दिएको पुस्ता हो । यस प्रणालीमा नबुझ्ने र हा हुका पछि चल्नेहरु र व्यवसाय चलाउनेलाई यी कुराले नछोलान् तर हाम्रा राज्यका संवैधानिक निकायहरु आफ्ना ठाउँमा बस्नुपर्छ ।

मैले प्रणालीको भविष्यबारे आसु बगाएको हुँ । यहाँहरुले पनि त्याग र वलिदानी गर्नुभएको छ । हाम्रा त्याग यस्तै भेदभावका लागि थिए त ? प्रतिपक्षमा पनि उन्माद आयो, सत्ताको दुरुपयोग गर्यो ? प्रचारको पनि एउटा हद हुन्छ नि मित्र !

प्रश्न क्षणिक लाभ वा हानीको होइन । प्रश्न लोकतन्त्रको भविष्यको हो । आज त बल मिच्याइ होला भविष्यमा यसका परिणाम हेर्नुपर्छ । एकजुट भएर देश र लोकतान्त्रिक प्रकृयालाई अघि बढायौं भने लोकतन्त्र बलियो हुन्छ ।

काली कुत्तिम मध्यम उत्तिम भनेजस्तै भइरहेको छ । भरतपुरमा आफ्नैले मतपत्र च्यात्यो । यहाँ पनि त्यस्तै भयो । प्रश्न लोकतन्त्रको हो । कि यसैगरी हुन्छ लोकतन्त्र ? भरतपुरमा मतपत्र च्यातियो तर कांग्रेसले थाहा पाएन ।

१७ साल त्यसै आएन । ५२ साल देश हिँसातर्फ त्यसै गएन । हाम्रो सफलतापछि नै गएको हो । ०५९ मा पनि त्यस्तै भयो । ६३ पछि पनि हामी लडखडाइरहेका छौं । हामी अब सबै गम्भीर हुन जरुरी छ । धन्यवाद

(नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले मंगलबार व्यवस्थापिका संसद्मा राखेको धारणको सारसंक्षेप)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah