आदरणीय मेरा प्रियजनहरू, आफन्तहरू, देश विदेशमा रहेर मलाई माया गर्नुहुने मेरा शुभचिन्तकहरू, यहाँहरूलाई मेरो हार्दिक नमन !
आज हरितालिका तीज मनाइरहनु भएका आमा, दिदी, बहिनीहरूमा हार्दिक शुभकामना । संस्कार संस्कृति हाम्रा पहिचान हुन्, यिनीहरूलाई जोगाई राख्नु हाम्रो कर्तव्य पनि हो । त्यसैले एकअर्कामा सद्भाव र समभावको विकास गर्दै संस्कार र संस्कृतिको जगेर्ना गरौँ ।
आज हाम्रा धेरै आमा, दिदी, बहिनीहरू ब्रत बस्दै हुनुहुन्छ । ब्रत बस्नु हाम्रो स्वास्थ्यको लागि धेरै राम्रो हो तर पूर्ण रुपले खालीपेट बस्दा स्वास्थ्यमा समस्या पर्न पनि सक्छ त्यसैले आफ्नो स्वास्थ्यको ख्याल पनि उत्तिकै गर्नुहोला ।
र आज बिहीबार हो, आज पनि बेलुका ८ः४५ बजेदेखि ए.पि. वान टेलिभिजनमा नेपाल आइडल कार्यक्रम प्रसारण हुन्छ । सदा झैँ आज पनि म सक्दो राम्रो प्रस्तुति दिनेछु । कार्यक्रम हेरेर मलाई भोट गरिदिनुहुन हार्दिक हार्दिक अनुरोध गर्दछु ।
तपाईहरूको प्यारो निशान भट्टराई ।



