महिनावारीको बेलामा सम्पर्क गर्नु हुन्छ कि हुँदैन ? गरेमा के हुन्छ ? महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुरायाउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन । महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने छैन ।
महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हार्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् । यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।
महिनावारी सुरु हुँदा प्रोजेस्ट्रोन भन्ने हार्मोनेले गर्दा पाठेघरमा कन्ट्र्याक्सन सुरु गराउँछ, जसले गर्दा पाठेघरबाट रगतसहित अरू पदार्थ महिनावारीको रूपमा बाहिर निस्कछन् । महिनावारीको बेला सम्पर्क गर्दा चरमसुखको बेला पाठेघरमा कन्ट्र्याक्सन हुन्छ । सम्भोगपछि अरू पदार्थसहित रगत अलि बढी बग्न सक्छ । जसले महिनावारीको समयावधिलाई कम गर्छ ।









