नेपाल सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ ।  विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका छन् ।

विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जर्बस्ती असुली लगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको चलअचल गरी २९ करोड ४७ लाख १४ हजार रुपैयाँ बराबरको सम्पत्ति १२ जनाका नाममा राखेको भेटिएको छ ।अाजकाे काराेबारमा खबर छापिएकाे छ।

साहविरुद्ध जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगको अनुसन्धानसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी तथा आफन्तका नाममा भएको चलअचल सम्पत्ति समेत छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई २ वर्षअघि जिम्मा दिएको थियो ।

विभागको निर्देशनबमोजिम छानबिनको जिम्मा पाएको ब्यूरोले २ वर्ष लगाएर केहीदिन अघिमात्रै अनुसन्धान प्रतिवेदनलाई पूर्णता दिएको छ । प्रतिवेदनअनुसार साह तथा उनका परिवार र आफन्त गरी १ दर्जन व्यक्तिलाई प्रतिवादी बनाउँदै २९ करोड ४७ लाख बिगो र सोहीबराबर जरिवाना र हदैसम्मको कैद मागदावी गरिएको रायसहितको प्रतिवेदन तयार पारिएको छ ।

गत वर्ष नै अनुसन्धान प्रतिवेदन पूरा भए पनि सत्ता समीकरण र अभियुक्तलाई जोगाउने गरी मन्त्रीसहितका शक्तिकेन्द्रले दवाव दिदा ब्यूरोले प्रतिवेदनलाई पूर्णता दिन सकेको थिएन । २०६९ वैशाख १८ मा जनकपुरको रामनन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको बम विस्फोट र २०६६ फागुन १७ गते सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकारसमेत हुन् ।

यी दुवै कसुरमा अदालतले साहलाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाएपछि उनी अहिले सदरखोर डिल्लीबजारमा पुर्पक्षका क्रममा छन् ।विभाग स्रोतका अनुसार अभियुक्त साहले आफूसहित पत्नी रंगिलादेवी, बाबु साधु साह सुडी, आमा दुलारीदेवी, बहिनी बबिता पञ्जियार तथा साथीहरू निलम सिंह, मनोजकुमार सिंह र ओमप्रकाश यादवका नाममा गैरकानुनी सम्पत्ति राखेका छन् ।

सम्पत्ति रोक्का गरी छानविनको दायरामा आएका साहका बहिनीहरू अनिताकुमारी र देवन्तीकुमारी साह, मुन्निकुमारी महतो, वविताकुमारी पञ्जियार, ससुरा लक्ष्मण साह, मामा विक्रम पञ्जियार, मामाको छोरा सुजीत पञ्जियार र अजित पञ्जियार, नरेशकुमार यादव, दीपेन्द्र ठाकुर, निभाकुमारी ठाकुर, नवीनकुमार यादव, रामविनोद यादव, गुलावदेवी महतो धिरज महतो र राजकुमार पुर्वेलाई आरोपबाट उन्मुक्ति दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah