त्यो त्यही भीड थियो जो प्रगति र महिला हितका कुरा गरिरहेका हुन्छन् र कानुनलाई हातमा लिएर मानिसहरुको ज्यान लिइरहेका छन् । के यो भीडले ती लाचार महिलाको मद्दत गर्न हुँदैनथ्यो ? धर्मको नाममा एकजुट भएका भीड यदि मानवताका लागि पनि एकजुट हुन्थे भने शायद आज मानवता यसरी लज्जास्पद हुँदैनथ्यो होला ।
– बिलाल एम जफारी
केही दिन अघि मात्र तीन तलाक बारे फैसला आएको थियो । मलाई लागेको थियो कि अब यस्तो समय आयो, केबल मुसलमान मात्र होइन मेरो देशका सम्पूर्ण आमा र दिदीबहिनीहरु पनि सुरक्षित रहनेछन् । यो निर्णयभन्दा पहिले जब मैले देशका प्रधानमन्त्री सहित कयौँ नेताहरुले माइकमा बोलेको सुनेको थिए, कि कुनै पनि देशको बिकास तबसम्म सम्भव हुन्छ, जब हामी महिलाहरुलाई इज्जत गर्नेछौं । जब म यो कुरा आफ्ना नेताहरुबाट सुन्थे त्यहीँ समयमा नै मेरो छाती गर्वले विशाल हुनेगथ्र्यो । त्यतिखेर मलाई महसुस भएको थियो कि भारतबाट नयाँ भारत तर्फ हामी तब मात्र बढ्नेछौँ, जब हामी आफ्ना देशका नारीहरुको सुरक्षाका बारेमा कुरा गरेर त्यहीँ दिशामा काम गर्छौं । अर्थात् महिलाको लागि काम गर्छौं ।
प्रधानमन्त्रीका अलावा सम्पूर्ण देशका नेताद्धारा माइकमा भनिएका कुरा पछि जब म महिलाहरुको बास्तबिक अवस्था देख्छु तब लाग्छ कि जे हामीलाई भनिँदै आएको छ र देशमा जे भइरहेको छ त्यसमा आकाश पातालको फरक छ । वास्तविकता एकदमै लाजमर्दाे छ । यो देखेका महिलाहरु टुकी मुनीको अध्याँरोमा आफ्नो जीवन बाँच्न बाध्य छन् । उनीहरु कुनै ठाउँमा पनि सुरक्षित छैनन् ।
उत्तर प्रदेशमा सुरक्षित छैनन् महिलाहरु
यो एउटा तीतो सत्य हो, जसलाई बुझ्नका लागि उत्तर प्रदेशको एउटा घटनालाई लिन सकिन्छ । हो, त्यहीँ उत्तर प्रदेश, जहाँ अगस्ट महिनामा बच्चाहरु मर्ने गरेका छन् । त्यहीँ उत्तर प्रदेश, जहाँ अगस्टमा रेलमा घटनाहरु घट्ने गरेका छन्, जहाँ मनलाग्दो रुपमा युवतीको हात काटिदिने गरिन्छ । त्यो पनि खुल्ला सडकमा ।
उत्तर प्रदेशको लखिमपुरमा खुल्लम् खुल्ला यस्ता घटना भएका छन्, जसलाई पढेर र सुनेर सायदै तपाईहरुलाई पत्यार लाग्ला । तपाईलाई महशुस हुनेछ कि जुन योगी सरकारलाई हामीले प्रदेशको सुरक्षाका लागि चुनेका थियौं । उनि नै निरङकुश र अनियन्त्रित कानुनी व्यवस्थालाई नियन्त्रण गर्नुको सट्टा कानमा तेल हालेर सारा शक्ति लाउडस्पिकर, नमाज, कांवड यात्रा, गाई, गौशला इत्यादि जस्ता बेमतलब र बेकामका बस्तुहरुमा लगाइरहेको छ । त्यो सरकार जहाँ अपराधिक समुहहरुले बितेका केही दिनदेखि केही नै केही काण्ड गरिरहेका छन्, जसले प्रदेशको कानुनी व्यवस्थामा प्रश्नमाथि प्रश्न थपिँदै गएको छ ।
घायल भएकी ती युवतीलाई हामी केवल यति मात्र भन्न सक्छौँ कि, तिमी यस देशलाई माफ गर् । यो देशमा तिम्रो कुनै स्थान छैन । यदि तिमी गाई या अरु कुनै पशु हुन्थ्यौ भने सायद तिमीलाई सुरक्षा मिल्थ्यो होला तर तिमी त मानिस पो हौ । त्यो मानिस जो मानिसको भीडमा बिल्कुलै पनि एक्लो छ । त्यो मानिस जसलाई देखेर मानवता नै लज्जास्पद भएको छ ।
उत्तर प्रदेशको लखिमपुर खिरीमा मायामा पागल शोहदेले मानिसहरुको भीडको अगाडी नै युवतीमाथि एक पछि अर्काे आक्रमण गरे र तरबारले उनको हात काटेर त्यसलाई शरिरबाट छुट्याइदियो । त्यो केटा केही दिनदेखि एक गरिब केटीको पछाडि लागिरहेको थियो । जब केटीले उसको कुरा मानिनन् । त्यसपछि उसले भीड बजारमा ती केटीमाथि तरबारले एकपछि अर्काे आक्रमण गर्दै गयो । जब त्यतिबाट पनि ऊ खुसी हुन सकेन त उसले युवतीको हात नाडीबाट नै छिनाइदियो । शरिरबाट छुट्टिएको उक्त हात घण्टौंसम्म विवश अवस्थामा बाटोमा रहिरह्यो र त्यो केटीको मद्दतका लागि कोही पनि आएनन । धेरै रगत खेर गएर युवतीको स्थिति गम्भीर भएपछि मात्र उनलाई लखनऊ लगिएको थियो ।

यो घटनाबाट दुईवटा कुराहरु पुष्टि हुन्छ:पहिलो यो कि कानुनी व्यवस्थाका मामलामा योगी सरकार बिफल छन् र प्रदेशमा अपराधीहरुको हौसला यति बुलंद छ कि उनीहरुलाई अब कुनै पनि कुराको चिन्ता छैन । दोस्रो यो छ कि यो घटना मानिसहरुको भीड अगाडि नै भएको थियो । त्यो त्यही भीड थियो जो प्रगति र महिला हितका कुरा गरिरहेका हुन्छन् र कानुनलाई हातमा लिएर मानिसहरुको ज्यान लिइरहेका छन् । के यो भीडले ती लाचार महिलाको मद्दत गर्न हुँदैनथ्यो ? धर्मको नाममा एकजुट भएका भीड यदि मानवताका लागि पनि एकजुट हुन्थे भने शायद आज मानवता यसरी लज्जास्पद हुँदैनथ्यो होला ।
यद्यपी उक्त घटनाले यो कुराको तर्फ इशारा गरिरहेको छ कि हामी नारीको सम्मान र सुरक्षा केबल न्यूज वेभसाइटको कमेन्ट बक्समा मात्र दिन सक्छौँ । यो केवल भाषणमा मात्र सीमित छ । वास्तविक जिन्दगीमा यो केवल कल्पना मात्र हो ।
अन्त्यमा घायल भएकी ती युवतीलाई हामी केवल यति मात्र भन्न सक्छौँ कि, तिमी यस देशलाई माफ गर् । यो देशमा तिम्रो कुनै स्थान छैन । यदि तिमी गाई या अरु कुनै पशु हुन्थ्यौ भने सायद तिमीलाई सुरक्षा मिल्थ्यो होला तर तिमी त मानिस पो हौ । त्यो मानिस जो मानिसको भीडमा बिल्कुलै पनि एक्लो छ । त्यो मानिस जसलाई देखेर मानवता नै लज्जास्पद भएको छ । (अनु. : सबिना बजगाइ)नेपालीजर्नलबाट



