लक्ष्मी काफ्ले

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले आइतबार आफ्नो गृहजिल्ला झापामा अपाङ्गता भएका बाढीपीडितलाई राहत वितरण गरेका छन् । तराईमा आएको बाढीपछि धुर्मुस राहत लिएर झापा आएको यो दोस्रो पटक हो । यसअघि उनले झापा गाउँपालिकाका बाढीपीडितलाई राहत बाँडेका थिए ।

आइतबार सुरुङ्गामा आयोजित कार्यक्रममा धुर्मुसले झापाका अपाङ्गता भएका ६५ जना बाढीपीडितलाई राहत सामाग्री दिए । धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापकसमेत रहेका धुर्मुस अपाङ्गता भएका बाढीपीडितका लागि म्याट, त्रिपाल, झुल, तन्ना, सिरक, डसना, २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ प्याकेट नून, २ प्याकेट मसला, एक दर्जन बिस्कुट, एक÷एक वटा नुहाउने र लुगा धुने साबुन लगायत सामाग्रीको राहत प्याकेज लिएर गृहजिल्ला पुगेका थिए । नया पत्रिकामा खबर रहेको छ

‘पीडाको यो समय हाम्रोे उपस्थिति मात्रै पनि एउटा राहत हो,’ धुर्मुसले भने, ‘आज हामी कलाकार मात्र होइन, सबैको माया पाएर सामाजिक अभियन्ता पनि बनेका छौँ, धुर्मुस–सुन्तली फाउन्डेसन समाज, राष्ट्र र गरीव–दुःखीका लागि खडा भएको सामाजिक संस्था हो ।’

आइतबारसम्ममा धुर्मुसले तराईका १२ जिल्लाका २२ स्थानमा ४५ लाख रुपैयाँ बराबरको राहत वितरण गरिसकेका छन् । पानी परिरहँदा साउन २९ गते राति १० बजे महोत्तरीको भंगाहामा राहत लिएर पुगेका धुर्मुस त्यसयता निरन्तर बाढीपीडितसँगै छन् । आफूले महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, झापा, मोरङ, सिन्धुली, सर्लाही, रौतहट, बारा लगायत जिल्लामा पुगेर राहत वितरण तथा बाढीपीडितको उद्धार गरेको धुर्मुसले सुनाए ।

यसक्रममा धुर्मुसले ६ महिनाअघि आगलागीमा परेर पीडित बनेकी सर्लाहीकी रत्नीदेवी माझीलाई पनि हस्पिटल भर्ना गरेर उपचार गराइरहेका छन् । ‘हामीमा कुनै स्वार्थ छैन, पीडितले चाँडो राहत पाउन्, देश राम्रो होस्, हामीलाई चाहिएको त्यत्ति हो,’ उनले भने ।

सधैँ टिभीमा देखिरहेको कलाकार आफैँ आएर राहत दिँदा बाढीपीडित पनि हर्षित बने । झापा सिमलबाडीका बाढीपीडित भूमितलाल राजवंशीले भने, ‘टिभीमा मात्र देखिरहेको धुर्मुसलाई पहिलो पटक आफैँले छुन पाएँ, धुर्मुस आफैँले राहत सामान उठाएर मेरो हातमा राखिदिनुभयो, धेरै खुशी लाग्यो ।’

नमूना बस्तीका कुरा

भूकम्पपीडितका लागि एकीकृत नमूना बस्ती बनाउँदा पनि सबैको साथ सहयोग पाएको धुर्मुसले स्मरण गरे । ‘नमूना नेपाल निर्माणको योजनालाई सरकारले पनि महत्वपूर्ण योजनाका रुपमा लिएको थियो, स्थानीय स्तरबाट स्वीकृति प्राप्त भइरहेकै थियो, फेरि हामीले तराई डुबानको पीडा भोग्यौँ,’ उनले भने, ‘धेरै मानवीय क्षति भयो, धेरै घाइते भए, त्यसैले हामी पीडामा मल्हम लगाउँदै हिडिरहेका छौँ ।’

अपाङ्गता भएकाहरु अझ जन्मेदेखि नै पीडामा रहेकाले त्यसैलाई मध्यनजर गर्दै आफूहरुले अपाङ्गमैत्री बस्ती बनाएको उनले सुनाए । जम्मिँदै अपाङ्ग छु भनेर निराश नहुन उनले आग्रह गरे । आफ्नै भाइ वा छोराले राहत लिएर आयो भन्ने सम्झिन उनले पीडितलाई आग्रह गरे । सरकारले बाढीपीडितको पुनर्वासका बारेमा सोच्नुपर्ने उनले जिकिर गरे ।

छोरी सम्झिएर भावुक

कार्यक्रममा अपाङ्गता भएकी सानी बालिका भेट्दा धुर्मुस भावुक बने । ‘मेरी पनि सानी छोरी छिन्, हामी बुडा–बुडी ८ महिनाकी सानी छोरी छोडेर समग्र राष्ट्र निर्माणमा अगाडि बढ्यौँ, आज छोरीले मुस्किलले बाबा भन्न जानेकी छिन्,’ उनले भावुक हुँदै भने, ‘आफ्नो बच्चाले बाबा–मामु भनेर तोते बोलेको सुन्ने इच्छा हुन्छ । मैले त मेरी छोरीले कुन बेला जिब्रो फड्कारिन्, सुन्न पनि पाएको छैन । तर, देशभरका छोराछोरीको खुशीको लागि काम गरिरहेको छु ।’

समाजसेवामा मिठो आनन्द मिलेको धुर्मुसले बताए । पीडितको मुहारमा खुशी ल्याउन सक्दा आत्मसन्तुष्टी मिल्ने उनको भनाइ छ । पुस्तौँदेखि पीडामा रहेका मुसहरहरुका लागि ३ महिनामा बस्ती बनाइदिएको उनले सगौरव सुनाए ।

‘संस्थामा १ लाख ७४ हजार हुँदा ५ करोडका गिरानचौर बस्ती बनाउँने आँट गरेका थियौँ, धरैले धुर्मुस बौलायो भन्नुभएछ,’ उनले भने, ‘केही नकारात्मक सोच राख्नेहरु पनि आज सकारात्मक बन्नुभएको छ, आज तपाईंहरुकै ठाउँको छोरो जसले ५ अर्बको नमूना नेपाल बनाउने अठोट लिएको छ, म यही झापाको गौरादहमा हुर्किएको एउटा किसानको छोरो, हलो जोतेर पढेको किसानको छोरो आज देशलाई विश्वमा चिनाउनका लागि अघि बढेको छु । मलाई विश्वास छ यो परियोजना अधुरो पक्कै हुने छैन । सिंगो झापा एकजुट भएर लाग्ने छ । सबै नेपालीको साथ पक्कै पाउनेछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah