संसद् सचिवालयलाई नेपालको ‘विधायिकी भन्सार’ भनिन्छ । सांसदहरूलाई तलबभत्ता ख्वाउने ठाउँ भएकाले आफ्नो तलबभत्ता पनि वैधानिकरूपमै बढाउन यहाँका कर्मचारीहरू निरन्तर लबिङ गरिरहन्छन् र यससम्बन्धी ऐनकानुन बनाउँदा उनीहरूको रुचिले प्रभाव पार्छ । यो सन्दर्भ सामान्यतया सञ्चारमाध्यममा पनि त्यति आउँदैन ।

यसबारे आजको अन्नपूर्ण पोस्टमा चिरञ्जीवी ढुंगानाले ‘सचिवको तलब मन्त्रीभन्दा धेरै !’ शीर्षक दिएर समाचार लेखेका छन् । समाचारअनुसार संसद् सचिवालयको एउटा समूहले संसद्का महासचिव र सचिवहरूको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुनेगरी वृद्धि गर्न कानुनको मस्यौदा तयार पारेको छ ।

अन्नपूर्णको समाचारमा उल्लेख भएअनुसार उक्त मस्यौदा पारित भएमा संसद्का महासचिवले मासिक तलबभत्ता न्यूनतम एक लाख १७ हजार रुपैयाँ र सचिवले मासिक ९० हजार रुपैयाँभन्दा बढी प्राप्त गर्नेछन् ।

मस्यौदामा महासचिव र सचिवले तलबभत्ताबाहेक फर्निचर र पोसाकभत्ता (एकमुस्ट) का साथै सहयोगी खर्च, सुरक्षा गार्ड, दैनिक भ्रमण भत्ता, चाडपर्व खर्च, नेता भत्ता, बिजुली र धारापानी खर्च, सवारीसाधन  तथा इन्धन खर्च, सहयोगी भर्ना खर्च, आवास सुविधा र उपचार खर्चसमेत प्राप्त गर्ने प्रस्ताव छ । यो रकमसमेत जोड्दा उनीहरूको सुविधा मन्त्रीको भन्दा झण्डै दोब्बर हुन जान्छ । हालको कानुनअनुसार एक जना मन्त्रीले तलब र भत्ता गरी मासिक ९० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

यो विधेयक पारित गर्न अन्य विधेयकमा जस्तो माथापच्चीसी पनि गर्नु पर्दैन । ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सुविधा तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसद्ले आन्तरिक रूपमा स्वीकृत गरेपछि कानुन मन्त्रालयको राय सुझाव लिई पारित हुन्छ । यसबारे अन्य विधेयकजस्तो संसदीय समितिमा छलफल हुँदैन । प्रस्तावित विधेयकमा महासचिव र सचिवहरू अन्य क्षेत्रबाट आउन रोक लगाइएको पनि समाचारमा उल्लेख छ ।

समाचारको अन्त्यतिर लेखिएको छ, ‘‘प्रस्तावित मस्यौदा पारित भए संसद् सेवामा बाहिरबाट आउने महासचिव र सचिवलाई रोक्नेमात्र नभई संसद् सञ्चालन प्रणालीसमेत प्रभावित हुनेछ ।’’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah