अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितसग घुस लिएको आरोपमा गोरखाबाट एक सव-ओभरसियरलाई प्रक्राउ गरेको छ । भुकम्पको पीडाबाट पीडित सेवाग्राहीसँगै घुस लिएको आरोपमा पालुङटार नगरपालिकाका सव–ओभरसियर सुनिल देवकोटालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

आयोगको क्षेत्रीय कार्यालय पोखराको टोलीले उनलाई २५ हजार नगदसहित पक्राउ गरेको जनाएको छ । सेवाग्राही भूकम्प पीडितलाई सरकारी अनुदानको दोस्रो किस्ता सिफारिस गरिदिने भन्दै देवकोटाले घुस मागेको उजूरीपछि अख्तियारको टोली पालुङटार आइपुगेको थियो ।

नगरपालिका कार्यालय नजिकैको विनिता होटलबाट २५ हजार रुपैयाँ नगदसहित उनी पक्राउ परेका हुन् । यता, पक्राउ परेका देवकोटाले भने सेवाग्राहीको घरको स्ट्रक्चर एनालाईसिस गरेवापतको पारिश्रमिक लिएको दाबी गरेका छन् । नगदसहित पक्राउ परेका देवकोटालाई अख्तियारको क्षेत्रीय कार्यालय पोखरा लगिएको छ । त्यहाँ घुस लिएको हो वा देवकोटाले दावी गरेजस्तै पारिश्रमिक लिएको भन्नेबारे अनुसन्धान गरिने अख्तियारको क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah