सहबान अन्सारी

नवलपरासी/ नवलपरासीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सुस्ता गाउपालिका चन्द्रगन्ज बस्ने टाढे मुसहरको छोरा २५ बर्षिय सोनु मुसहरको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज बिहान करिब ४ बजे नारायणी नदिमा माछा मार्ने क्रममा बिषालु सर्पले टोके पछी मुसहरले नदिको किनारमा मुर्छा परेर सुतेका अवस्थामा परिवारले देखेपछि उपचारको लागि विनयी त्रिवेणी गाउपालिकाको त्रिवेणी स्थित बज्रदल सर्प दंश केन्द्र त्रिबेणी लग्दै गरेको अवस्थामा बाटोमा मृत्यु भएको रामनगर प्रहरी चौकी ईन्चार्ज भिम बहादुर चौधरीले जानकारी दिनु भयो ।