गौरादह-गौरादह नगरपालिकाको गत पाँच गतेको कार्यपालिका बैठकमा प्रस्तुत भएका विभिन्न नियमावलीमा लिखित नियम र उपनियम, दफा, उपदफामा प्रस्तावित मस्यौदामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकमा संशोधन प्रस्ताव पारित हुन सकेन । मस्यौदामा रहेका केही नियम उपनियमले संस्थागत दायित्व र जिम्मेबारीभन्दा व्यक्तिगत दायित्व र जिम्मेवारीलाई महत्व दिएको आरोप लगाइएको छ ।

कार्यपालिकाका हरेक कार्य सामुहिक उत्तरदायित्व र लोकतान्त्रिक विधि र प्रक्रियाबाट संचालन र कार्य सम्पादन हुनु पर्छ भन्दै संशोधनका लागि नगर उप प्रमुख गीता भेट्वाल प्रस्तावक रहेर प्रस्तावहरु वडा नं. १ वडा अध्यक्ष नगेन्द्र भण्डारीले प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि छलफल भएपनि पारित हुन नसकेको हो ।

नियमावली संशोधन प्रस्तावमा छलफलमा मात्र भयो, किन पारित भएन त ? गौरादह नगरका नगर प्रमुख रोहितकुमार शाहले नगरका सबै विषय र काममा सहमति र सहकार्य गरेर जाने योजना बनाइरहेकाले यस विषयमा छलफल चलिरहेको बताए । कहिलेसम्म छलफल चल्छ त ? इजलाससँगै कुरा गर्दै छिटै सहमति र सहकार्य गरेर निश्कर्ष निकाल्ने नगरप्रमुख शाहले बताए । प्रस्तावित गौरादह नगर कार्यपालिका कार्य सम्पादन नियामावली, कार्य विभाजन नियमावली, कार्यपालिका बैठक संचालन कार्य विधि संसोधन प्रस्ताव पेश गरेको थियो ।

संशोधन प्रस्तावमा १५ जना नगर कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका थिए । बैठक पुनः आगामी १९ गते बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah