गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि यसको माैलिक पृष्ठभूमिको ठूलो महत्व छ । खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृती, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ । विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आएको पर्व हो, गौरापर्व ।
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।
गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा ‘बिरुडा’ धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा-आजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
विशेष नेपाली माैलिकता बोकेका यस्ता गीतका माध्यमबाट एकअर्काका दुःख-सुख: बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठूलो पर्वको रूपमा मनाईन्छ । आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका वासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्दछन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ती प्राप्त हुने, ईष्ट कूलदेवता प्रसन्न हुने जनविश्वास छ ।
राष्ट्र प्रमुखले समेत गौरा पर्वका अवसरमा देशवासीलार्इ शुभकामना दिने चलन छ ।
गौरा पर्व सुदुरपश्चिम सँग मात्र नजोडीकन समग्र राष्ट्र अनि नेपाली पहिचानको पर्वकारुपमा लिइन जरुरी छ । पूर्व होस् या पश्चिम, नेपालीहरुको मन आखिर एउटै त हो ।
त्यसैले त गीतकार ले गीत कोरिदिए
पश्चिम कोही पूर्व घर
हिमाल त एउटै हो
छरिएर बसे के भो ?
नेपाल त एउटै हो
मेची देखि महाकाली सम्मका नेपालीहरुलाई गौरा पर्वको शुभकामना ! खुब मज्जाले मनाउनुहोस्, जय होस् !!
————————–
ई सं २०१७ , २९ अगस्त
विश्व आणविक परिक्षण विरुद्धको दिवस
शुरु गर्यौं महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनको एउटा भनाईबाटः
“मलाई तेश्रो विश्वयूद्ध भयो भनें के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।”
बिकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरि आईन्सटाइनले किन यस्तो भनाई भने होला त ? आखिर विश्व बिकासको यो पृष्ठभूमीलाई अनि सभ्यताको यो उचाईलाई किन गुमाउन सक्ने सम्भावना देखे त शताब्दीकै महान वैज्ञानीक आइन्सटाइनले ?
आखिर किन त विश्वको अस्तित्व धरापमा भएको जनाउ आइरहन्छ बेलाबेलामा ?
आउनुहोस् आजको दिन हामीले यो कुरा बुझ्न जरुरी छ । मानव सभ्यताको अाधूनिकिकरणको अभ्याससंगसङ्गै घोंडा, हात्तिको सवारगरी तरवार, धनुषवाण तथा ढालबाट यूद्धहरु लड्न शुरु गरेको विश्वले क्रमैसंग बन्दुक, गोला, हवाइजहाज हुँदै आणविक हातहतियारका माध्यमले यूद्ध लड्न थालेको इतिहास छ । दोश्रो विश्वयूद्धमै पनि जापानको हीरोशीमा र नागासाकीमा क्रुर आणविक प्रक्षेपण गरेपछि मात्र विश्वयूद्धले पूर्णबिराम पाएको हो । स्मरण रहोस् हीरोशीमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरु उम्रन नसक्ने भएको तथा आणविक हतियारका कारणले भएका बिकिरणका कारण बिभिन्न स्वास्थ्यलगायतका समस्या र दिर्घकालिन असरहरु अझैपनि छँदैछन् । सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाख सर्वसाधरणको दुःखद मृत्यू भएको थियो ।
यस्ता हतियारहरुलाई सामूहिक बिध्वशं गर्ने हतियार भनिन्छ, जम्मा ११०० किलोग्राम थर्मोन्यूक्लीएर बलमे १२ लाख टीएनबी शक्ति उत्पादन गर्दै एउटा विशाल अत्याधूनिक शहर नै बिकिरण र बिष्फोटनका माध्यमले ध्वस्त पार्ने क्षमता राख्दछ ।
पृथ्वीलाई सुकेको पात जस्तै हल्लाईदिन सक्ने र चोईटा चोईटामा परिणत गर्न सक्ने न्यूक्लीएर अर्थात थर्मोन्यूक्लीएर शक्तिहरु अहिले विश्वका धेरै देशहरुसंग छ । यिनै आणविक हतियारको बलमा शक्तिको प्रर्दशन गर्ने अनि एकअर्कालाई सखाप पार्न तल्लीन धेरै देश र तीनका सरकारहरु रहेका छन् ।
बालबच्चाहरुले पोषीलो खान नपाइरहेको अनि एकसरो लूगापनि राम्रोसंग नपाउने विश्वका अधिकांश जनसंख्या गरिबिको रेखामूनी छन् । तथापि यहाँ धेरैभन्दा धेरै पैसा अनि अध्ययन आणविक शोध अनि हतियार बिकासमा खर्च भइरहेको छ । आफूलाई प्रजातन्त्रको ठेकेदार मान्नेदेखि विश्व समूदायसंग वास्ताकुस्ता नराखि अलग्गै प्रणालीमा बाँच्ने देशहरुसम्म आणविक दादागारिको दौडमा छन् । जसलार्इ नियन्त्रण र निस्तेज गर्नु अाज विश्व समूदायको सामू ठूलो चुनाैति बनि उभिएको छ ।
“हर्रो नपाउने जोगी जाइफलको भोगी” भनेंझैं सामाजिक र मानविय धरातल कमजोर भएको विश्व आणविक हतियारको भोगी भएको छ । विध्वशंकालागि यो भन्दा दूर्भाग्य अरु केही पनि हुन सक्दैन् ।
सन् २००९ को डिसेम्बर २ मा संयूक्त राष्ट्रसंघको ६४ औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन शुरु गरेको हो ।
फलाना देशले आणविक हतियार प्रयोग अभ्यास गर्यो, आज फलाना देशले प्रयोग गर्यो भन्ने हामीले पनि देख्दै अनि सुन्दै आएका छौं । आणविक हतियार वास्तवमा आफू पनि ध्वस्त हुने र अरुलाई पनि ध्वस्त पार्ने आत्मघाती कुरा हो । देशको सिमानाले बनाएको रेखा हतियारले कहाँ बुझ्छ र ? समग्रमा यो मानव सभ्यता तथा पृथ्वीको विनाशको डरलाग्दो स्वरूप हो ।
आखिर हामी बस्ने पृथ्वी, वातावरण, माटो अनि जल त विश्वभरि उही त हो ? यिनै कुराहरुमा असर परेमा मानव अनि सभ्यताको अस्तित्व बाँकी नरहेर चौथो विश्वयूद्धमा ढुङ्गाको हतियार प्रयोग हुने आइन्सटाइनले भनेको हुनुपर्दछ ।
हिन्दू शास्त्रहरुमा पनि कुनै पनि हतियारले कार्य नगरेमा ब्रह्मास्त्र प्रयोग गर्ने र प्रहार गर्ने अनि प्रहार खप्ने दुवैलाई पीडा हुने कथाहरु त हामीले पढेकै छौं । ब्रह्मास्त्रसंग आणविक हतियारलाई तुलना गर्न सकिन्छ । आणविक शक्ति बिकास अनि वृद्धिकालागि हो, बिध्वंशकालागि हैन । आजको दिनले यस्तै कुराहरुलाई चरितार्थ गर्न खोजेको हुनपर्दछ ।
विश्वलाई शान्ति चाहीएको छ ।
भू-मध्य रेखाबाट दुवैतर्फको ध्रुवहरुसम्म, प्रशान्त महासागरदेखि मृत सागरसम्म, सगरमाथादेखि सहारा मरुभूमिसम्म शान्ति अनि भातृत्वका नाराहरु गुञ्जिने समयको प्रतिक्षामा हामीसबै छौं ।
एउटा शहरलाई नै क्षणभरमा ध्वस्त पार्न सक्ने विश्वले एउटा शहरलाई नै क्षणभरमा बिकसित अनि समृद्ध बनाउनसक्ने प्रविधि किन ल्याउन सक्दैन ? यदि बिकास भनेको विनाश नै हो भने प्रविधि र अनुसन्धानको सप्को समातेर डराई-डराई बाँच्नु भन्दा मानवलाई ढुङ्गे यूगमै शान्तिसंग बाँच्न प्यारो छ, जीवनको अर्थ बाँच्न पाउनु हो । सबैको रक्षा होस् ! हाम्रो पात्रो बाट



