कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्नु पर्ने भएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जननिर्वाचित प्रतिनिधि र राजनीतिक दलका नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढ्ने व्यवस्था गरिए पछि सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कन नसक्ने नगरपालिकको निश्कर्ष छ ।

शिक्षामा राज्यले ठूलो लगानी गरेको भए पनि प्रतिफल न्युन भएकाले सरकारी विद्यालयप्रति घट्दै गएको अभिरुचि जगाउनका लागि समाजका अगुवाका रुपमा रहेका समुदायका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभियान सञ्चालन गरिएको नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले बताए ।

आफै सरकारी विद्यालयमा पढाउने शिक्षकले समेत छोराछोरीलाई निजी विद्यालयमा पढ्नका लागि पठाउने गरेको पाइएको छ ऐरले भने, “यसलाई निरुत्साहित गरी सामुदायिक विद्यालयमासमेत निजी विद्यालयको भन्दा गुणस्तरीय पढाई गर्नका लागि कार्य अगाडि बढाएका छौँं ।”

समाजका अगुवाका छोराछोरीले सरकारी विद्यालयमा पढ्न थालेपछि सरकारी विद्यालयको खस्कदै गएको छविमा सुधार भई सहज र सुलभ रुपमा पढ्ने वातावरण कायम हुने ऐरको विश्वास छ । नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न र भौतिक पूर्वाधार विकासका लागि आवश्यकताका आधारमा बजेटको व्यवस्था गर्न नगरपालिका प्रतिवद्ध रहेको ऐरले जानकारी दिए ।
नगरपालिकाले विद्यालयका परिणामका आधारमा उपलव्ध गराउने गरी आठ करोड बजेटको व्यवस्था गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकामा आधारभूत तहको पढाइ हुने सामुदायिक विद्यालय १८ र माध्यमिक तहको पढाइ हुने विद्यालयको संख्या नौ रहेको छ । दुबै तहका विद्यालयमा गरी झण्डै आठ हजारभन्दा बढी बालबालिका अध्ययनरत छन । नगरपालिकामा २७ वटा निजी विद्यालय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah