एपीवान एचडीबाट प्रशारण भइरहेको नेपाल आइडल कसले जित्ला भन्ने जिज्ञासा यो शोमा चासो राख्ने सबैलाई छ । नेपाल आइडलकी एक मात्र महिला प्रतिस्पर्धी सुजाता पाण्डे गत साता बाहिरिसकेकी छन् । अब नेपाल आइडलमा चार जना पुरुषमात्र बाँकी छन् ।
ती हुन् बुद्ध लामा, सागर आले, निशान भट्टराई र प्रताप दास । यी मध्ये एक आउट हुने बित्तिकै टप थ्री बाँकी रहने छन् । टप थ्रीमा पुग्ने सबैले पुरस्कार पाउने छन् । शुक्रबारको कार्यक्रममा घोषणा गरिए अनुसार फस्ट रनरअप अर्थात् दोस्रो हुनेले नगद १५ लाख र सेकेण्ड रनरअप अर्थात् तेस्रो हुनेले नगद १० लाख रुपैयाँ पाउने छन् ।

पहिलो हुनेले २० लाख रुपैयाँसहित कार पाउने यसअघि नै घोषणा भइसकेको छ । शुक्रबारकै कार्यक्रममा ग्रान्ड फिनाले कतारको राजधानी दोहामा हुने बताइएको थियो । तर मिति भने तोकिएको थिएन । स्रोतका अनुसार मिति असोज ६ गतेको टुङ्गो लागेको छ । र, कार्यक्रममा को–को गेस्ट हुने भन्ने पनि तय भइसकेको छ ।

त्यसो त कतारमै यसअघि नै सन् २०१४ मा प्रवासी नेपाली सिङ्गिङ्ग आइडल भइसकेको थियो छ । यस पटक भने नेपाल आइडलको ग्रान्ड फिनाले हुने ठाउँ कतार भएको छ । ग्रान्ड फिनाले २२ सेप्टेम्बर अर्थात् असोज ६ गते कतारको राजधानी दोहास्थित एसियन टाउन एम्पिथियटर, ग्रायन्ड मल, सनायामा हुँदैछ ।

असोज ५ गते नेपालीको महान चाड दशैँको सुरु हुने दिन अर्थात् घटस्थापना हो । घटस्थापनाको भोलिपल्ट ग्रान्ड फिनाले हुनेछ र नेपालले पहिलो नेपाल आइडल पाउने छ ।

कतारको समय अनुसार साँझ ५ बजे हुने कार्यक्रममा नेपाल आइडलका टप १२ मा रहेका सबै प्रतिस्पर्धीहरु सहभागी हुने घोषणा शुक्रबारकै कार्यक्रममा भइसकेको छ । साथमा केही गेस्ट एपियरेन्स पनि हुनेछ ।

ती मध्ये एक हुन् तेरिया मगर । तेरियाले सन् २०१४ मा डान्स इन्डिया डान्स लिल मास्टर्स जितेकी थिइन् भने यसै वर्ष अर्थात् २०१७ जनवरी २१ मा कलर्स टिभीको रियालिटी शो झलक दिखला जा सिजन नाइन जितेकी थिइन् । त्यसैगरी अर्को गेस्ट एपियरेन्समा हेमन्त राना हुनेछन् । उनका धेरै गीत चर्चित छन् । पछिल्लो पटक उनको ‘सुन साइँली’ गीतले तहल्का मच्चाएको थियो।
अर्का पाहुना भने माग्ने बूढा रहने छन् । हुनत माग्ने बूढा चरित्र भएको टेलिसिरियल प्रसारण हुन छाडिसक्यो। तर केदार घिमिरेलाई धेरैले चिन्ने यही नामले हो । कार्यक्रमका लागि नेपालबाट ८० जनाभन्दा बढीको टोली कतार जाँदैछ।

कसले जित्ला ?
कतिपयले बुद्ध लामाले नेपाल आइडल जित्छन् भन्ने प्रक्षेपण गरिरहेका छन् । तर अन्य प्रतिष्पर्धी पनि कम छैनन् । यद्यपी बुद्ध लामा र निशान भट्टराईमध्ये एक नेपाल आइडल हुन्छन् भन्ने अड्कलबाजी बढीभन्दा बढी भइरहेको छ । को हुन्छ नेपाल आइडल त्यसका लागि अन्तिम नतिजा कुर्नैपर्छ । अनलाइन पाना बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah