नेपाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरणबारे एकपछि अर्को गरी नयाँ नयाँ रहस्यहरू सार्वजनिक हुँदैछन् । यस मामिलामा झन्डै डेढ अर्बको आर्थिक चलखेल भएको र तत्कालीन सत्ताधारीहरूको स्पष्ट संलग्नता रहेका प्रमाण क्रमशः फेला पर्न थालेका छन् ।

नागरिक दैनिकमा दिलीप पौडेलले लेखेको ‘आयल निगम जग्गा खरिदमा डेढ अर्बको घोटाला, खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा’ शीर्षक मुख्य समाचारमा जनाइएअनुसार यो प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँगै तत्कालीन आपूर्तिमन्त्री दीपक बोहरा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालसमेत तानिन सक्ने देखिएको छ ।

निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मङ्गलबार नागरिक दैनिकलाई बताएअनुसार निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

निगमले झापा, सर्लाही, चितवन र भैरहवामा दुई अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सदस्य रामवीर मानन्धरको भनाइ उद्धृत गर्दै नागरिकमा लेखिएको छ । मानन्धर जग्गा अनियमितता छानबिन समितिका सदस्य हुन् ।

झापाको जग्गा हेर्न तत्कालीन मन्त्री दीपक बोहरा अरूले चिन्लान् कि भनेर मास्क लगाएर पुगेको र सो कुरा सार्वजनिक गर्न नचाहेको घटनाको मनोवैज्ञानिक अर्थ हुन्छ, यो प्रकरणमा ठूलै कैफियत छ ।

चितवन, सर्लाही र झापाको जग्गाको दररेटसम्बन्धमा सिफारिस गराउँदा स्थानीय तहको लेटरप्याडमा प्रयोग गरिएका अक्षर एउटै छन्, जसबाट मिलेमतोको थप पुष्टि हुन्छ ।

यो प्रकरणमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले साउन २० गते कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आपूर्ति मन्त्रालयलाई लेखिपठाएको थियो । तर, समितिको निर्णय कार्यान्वयनमा मन्त्रालय र अख्तियारका पदाधिकारीले सक्रियता देखिएका छैनन् ।

समाचारमा छानबिन समितिका सदस्य सांसद दीपक कार्की, लेखा समितिका सदस्यद्वय सांसद रामहरि खतिवडा र सांसद धनराज गुरुङ, विधायन समितिका सदस्य सांसद रेवतीरमण भण्डारी आदि सबैले एकै स्वरमा यो प्रकरणमा व्यापक अनियमितता भएको बताउँदै आर्थिक अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याएर छाड्ने बताएका छन् ।

सांसद धनराज गुरुङले प्रश्न गरेका छन्, ‘‘यो विषयमा सत्तापक्ष र प्रतिपक्ष नबोल्नुको अर्थ के हो ?’’

त्यस्तै अनियमितताको यत्रो आरोप लाग्दासमेत गोपाल खड्कालाई काखी च्यापेर बसिरहेको निगमको सञ्चालक समितिका अध्यक्ष आपूर्ति सचिव प्रेमकुमार राईप्रति लक्षित सांसद रामहरि खतिवडाको प्रतिक्रिया छ, ‘‘अख्तियारमा बसेकाले मैले त्यहाँ पनि मिलाउँछु भनेर मिलेमतो गर्न खोजेको पो हो कि ? यो आर्थिक अपराधमा कसैले उन्मुक्ति पाउनेछैन । ठूलो बदमासी भएको छ । यो रगत चुसेबराबरको अपराध हो ।’’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah